|
File Photo

पर्सा : नेपालबाट भारततर्फ तेल तस्करी गरी लाँदै गरेका अवैध कारोवारीको आक्रमणमा परी पर्सामा तीन प्रहरी घाइते भएका छन्। पर्साको पाँडेपुर प्रहरी चौकीबाट जगन्नाथपुर गाउँपालिका–१ पाँडेपुरतर्फ गस्तीमा गएको प्रहरी टोलीमाथि डिजेल तस्करी गरिरहेका अवैध कारोवारीले आक्रमण गर्दा तीन प्रहरी घाइते भएका हुन्।

घाइते हुनेमा प्रहरीमा जिल्लाको पाँडेपुर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) विष्णु यादव, प्रहरी हवल्दार प्रेम राना र प्रहरी जवान अर्जुन चौधरी रहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। घाइते प्रहरीमध्ये प्रहरी जवान अर्जुन चौधरीको अवस्था भने गम्भीर रहेको उनको भनाइ छ।

डिजेल तस्करी गरेर भारततर्फ लाँदै गरेका तस्करको आक्रमण परी प्रहरी जवान चौधरीको टाउँकोमा गहिरो चोट लागेको छ। अहिले उनको वीरगन्जमा रहेको न्यूरो अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी असई यादव र हवल्दार रानाको अवस्था भने खतरामुक्त रहे पनि वीरगन्जकै एक नीजि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक ढकालले बताए। 

बिहानको समय हुस्सु लागेर अध्यारो भएको मौका छोपी डिजेल तस्करहरुले नेपालबाट डिजेल भारततर्फ लाँदै गरेको अवस्थामा ड्यूटीमा खटेको प्रहरी टोलीले नियन्त्रणमा लिने प्रयास गर्दा एकासी चारै तर्फबाट ठूलो संख्यामा आएका तस्करले आक्रमण गर्दा नराम्रो घटना घटेको पर्साका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए। 'ड्यूटीमा रहेका प्रहरीमाथि अवैध कारोवारीले घेरा हाली आक्रमण गरेर भारत तर्फ भागे छन्। अहिले उनीको खोजी कार्य भइरहेको छ', घटनास्थलमा पुगेका प्रहरी नायव उपरीक्षक राईले भने। आक्रमण गरेर हतियार खोसेको भन्ने कुरा चाही हल्ला मात्र रहेको उनको भनाइ छ । 

अहिले नेपालमा भन्दा भारतमा डिजेलको भाउ कम भएको कारण सीमा क्षेत्रमा अवैध कारोवार गर्नेले डिजेलको तस्करीसमेत गरिरहेका छन्। यसलाई नियन्त्रण गर्न लागेको प्रहरीमाथि जाइलाग्ने तस्कर अहिले सीमापार भागेकोले भारतीय प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। प्रहरीको संख्या सानो भएको फाइदा उठाउँदै आक्रमणकारीले दुःखद घटना घटाएको पर्साका प्रहरी उपरीक्षक ढकालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.