|
प्रतीकात्मक तस्बिर

गुल्मी : गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेकी ८८  वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन्। दिउँसो घरमै बसिरहेको बेलामा वृद्धामाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यलयमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रवीन्द्र खडकाले जानकारी दिए।  मंगलबार जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको उनले बताए। मंगलबार वृद्धाको जिल्ला अस्पताल गुल्मीमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जानएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.