|

कञ्चनपुर : भीमदत्त नगरपालिकामा चार बैंकले सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लिएका छन्। ती बैंकले नगरपालिकाका छुट्टा-छुट्टै वडामा भत्ता वितरणको जिम्मेवारी लिएका हुन्।

स्थानीय तह निर्वाचनपछि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो। भीमदत्त नगरपालिकाले गत वर्षदेखि वडा कार्यालयबाट भत्ता वितरण सुरु गरेको थियो। भीनपा  ६ बाट भत्ता वितरण सुरु गरिएको हो। भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनमा सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट वितरण गर्ने प्रतिवद्धता गरेका थिए। चुनावी प्रतिवद्धता अनुसार वडा कार्यालयबाट भत्ता वितरण सुरु गरिएको हो। त्यस अघि बैंकहरूले आफ्नो कार्यालयबाट भत्ता वितरण गर्दै आएका थिए।

बैंक कार्यालयमा भत्ता लिन आउँदा वृद्धवृद्धा सबैभन्दा बढी मारमा परेका थिए। गत वर्ष वडा ६ को कार्यालयबाट भत्ता वितरण सुरु गर्दै नगरप्रमुख विष्टले स्थानीय तह निर्वाचनमा गरिएका सबै वाचा पूरा गर्ने प्रतिवद्धता जनाएका थिए। नगर प्रमुख विष्टले भीनपाका वडाबाट सामािजक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताए। ‘चुनावी प्रतिवद्धता अनुसार वडाबाट भत्ता वितरण सुरु गरिएको छ’ उनले भने। भीमदत्त नगरपालिकामा कञ्चन बैंकले सबैभन्दा बढी वडामा भत्ता वितरणको जिम्मा लिएको छ। कञ्चनपछि कुमारी बैंकले बढी बडामा भत्ता वितरणको जिम्मा लिएको छ। 

कञ्चन बैंकले वडा २, ३, ६, ७, ८, ९, १०,१५, १६, १७ र १९ वडामा भत्ता वितरणको जिम्मा लिएको छ। यसैगरी वडा ५,११, १२, १३, १४ नम्बरमा कुमारी बैंकले भत्ता वितरणको जिम्मा लिर्दै आएको छ। वडा  १ र ४ प्रभु बैंक तथा वडा १८ मा एनससीसि बैंकले भत्ता वितरणको जिम्मेवारी लिएको छ। चालु आर्थिक वर्षका लागि सामाजिक सुरक्षा भत्तामा १८ करोड बजेट विनियोजन गरिएको छ। ज्येष्ठ नागरिक, दलित नागरिक दलित, दलित बालबालिका, अपांगता भएका व्यक्ति, दलित समुदायका बालबालिका, लोपोन्मुख राउटे, राजी समुदाय, एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिने गरिएको छ।

भीमदत्त नगरपालिकामा सामाजिक सुरक्षा तथा पञ्जीकरण उप शाखाले सामाजिक सुरक्षासम्बन्धी कार्य गर्दै आएको छ। भीमदत्तमा १० हजार बढी वासिन्दाले सामाजिक सुरक्षा भत्ता पाउँदै गरेका छन्। भीमदत्त नगरपालिका कार्यालयका सूचना अधिकारी हरि सिह धामीले नगरपालिकाका सबै वडामा वडा कार्यालयबाट भत्ता वितरण गरिएको बताए।

भीमदत्त नगरपालिका कार्यालयका सूचना अधिकारी हरि सिह धामीले नगरपालिकाका सबै वडामा वडा कार्यालयबाट भत्ता वितरण गरिएको बताए। ‘अहिले वडाबाट भत्ता वितरण गरिएको छ। आउन नसक्नेलाई बैंकबाट भत्ता दिने गरिएको छ’ सूचना अधिकारी धामीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.