|
प्रतीकात्मक तस्बिर

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमको मंगलबार साँझ बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समान २/२ रुपैयाँ घटाउने निर्णय गरेको हो।

नयाँ मूल्यअनुसार अब पेट्रोल ११०  र डिजेल तथा मट्टितेल ९७ रुपैयाँमा खरिद गर्न सकिनेछ। यसअघि पेट्रोल ११२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँमा खरिद हुँदै आएको थियो। निगमले पेट्रोलयम पदार्थको मूल्य घटाएता पनि हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखेको छ।

नयाँ मूल्य आज (मंगलबार) मध्यरातबाट लागू हुने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.