|

हेटौंडा : प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाले आफ्नो खातामा आएको घरभाडा बापत्को रकम फिर्ता गर्ने घोषणा गरेका छन्। मकवानपुरको २ क्षेत्रबाट निर्वाचित सांसद बिरोध खतिवडासहित केही नेताहरूले काठमाडौँमा घर हुँदा हुँदै पनि संसद सचिवालयबाट घरभाडा लिएको रहस्य खुलेको थियो।

मंगलबार काठमाडौं फर्कनासाथ घर भाडाबापत् सरकारले उपलब्ध गराएको रकम फिर्ता गर्ने उनले घोषणा गरे। मकवानपुरको मनहरी गाउँपालिका ६ प्रतापपुरमा तटबन्धन निर्माणको लागि अनुगमन गर्न पुगेको खतिवडाले सरकारी रकम दुरुपयोग हुन नहुने भन्दै आफूले पाएको रकम फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गरे। आफ्नो निर्वाचन क्षेत्रमा पुगेका सांसद् खतिवडाले भने, ‘त्यो रकम आएको पनि थाहा छैन।’

संसद सचिवालयले काठमाडौँमा घर नभएका सांसदहरूलाई घर भाडाबापत प्रतिमहिना १८ हजार रुपैयाँ दिने गरेको छ। काठमाडौँमा घर भएका सांसदहरूका लागि भने मर्मत खर्च भनेर ९ हजार रुपैयाँ आउने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.