अर्थ

मकवानपुरका पोल्ट्री व्यवसायमा तीन अर्ब लगानी
SHARES

पुस ३, २०७५

    हेटौँडा : मकवानपुर जिल्लामा पछिल्लो समय पोल्ट्री व्यवसायतर्फ कृषक आकर्षित भइरहेका छन्। जिल्लाभर पोल्ट्री व्यवसायमा करिब तीन अर्ब रुपियाँ लगानी रहेको बताइन्छ।

    मकवानपुरमा दुईवटा दाना उद्योग, पाँचवटा ह्याचरी र कृषकको लगानी गरी करिब तीन अर्ब रुपैयाँ यसक्षेत्रमा लगानी रहेको मकवानपुर कुखुरा व्यवसायी संघ अध्यक्ष राजु अधिकारीले जानकारी दिए। संघको तेस्रो जिल्ला अधिवेशनको तयारी सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले दाना उद्योगमा करिब एक अर्ब रुपैयाँ, ह्याचरी उद्योगमा डेढ अर्ब रुपैयाँ र ८० करोड रुपैयाँ बराबरको लगानी रहेको बताए। उनका अनुसार जिल्लामा पछिल्लो समय कुखुरा पालन गर्ने कृषकको संख्या बढिरहेको छ। ‘कुखुरा व्यवसाय गर्नेको संख्या बढिरहेको छ। सोचेजस्तो आम्दानी छैन। कृषकले कुखुराको मूल्य पाइरहेका छैनन्’, उलने भने।

    उनका अनुसार जिल्लाभर तीन हजारभन्दा बढी कृषक यस पेशामा आबद्ध रहेका छन्। ‘जिल्ला पोल्ट्रिमा आत्मनिर्भर भए पनि कृषकले लगानी अनुसारको फल पाइरहेका छैनन्।’, अधिकारीका अनुसार सरकारबाट प्राप्त हुने अनुदान वास्तविक किसानले नपाएको र जिल्लाको हावापानीअनुसार कुखुराको चल्ला उपलब्ध नहुँदा किसानलाई समस्या भइरहेको छ। उनका अनुसार यहाँको हावापानीअनुसार भारतको चल्लाबाट बढी प्रतिफल प्राप्त हुने भए पनि थाइल्याण्ड तथा मलेसियालगायतको चल्लाबाट खासै प्रतिफल प्राप्त नभएको बताए।

    पछिल्लो समय मकवानपुरमा मासुभन्दा बढी अण्डाको उत्पादन बढ्दो अवस्थामा रहेको छ। अघिल्लो वर्षमा ब्रोइलर कुखुरा पाल्दा घाटा भएसँगै कृषक लेयर्स कुखुरा पालनतर्फ आकर्षण भइरहेका छन्। यहाँ उत्पादन हुने अण्डा मकवानपुरसहित वीरगञ्ज र काठमाडौंमा बिक्री वितरण हुने गरेको छ। यहाँ उत्पादन हुने अण्डामध्ये करिब २० प्रतिशतमात्र जिल्लामा खपत् हुन्छ। मासुमध्ये करिब ८० प्रतिशत मात्र यहाँ खपत् हुन्छ। ‘गतवर्षमा मासु मकवानपुरमा कम खपत हुन्थ्यो। यसवर्ष बढेको छ’, उनले भने।

    उनका अनुसार मकवानपुरमा करिब नौ लाख लेयर्स र ६ लाख ब्रोइलर गरी करिब १५ लाख कुखुरा किसानको खोरमा रहेको छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]