|

खोटाङ :  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मानसिक समस्याबाट पिडीत एक महिलाको उपचार गराई दिने भएको छ। 

आर्थिक अभावका कारण उपचार गर्न नसकेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बासथलाकी ३३ वर्षीया रमिला तामाङलाई गाउँपालिकाले थप उपचार गरिदिने भएको हो।

केही समय अघिदेखि मानसिक रोगका कारण तारजालीले बारिएको खोरमा थुनेर राखिएकी तामाङको उपचारका लागि गाँउपालिको पहलमा काठमाडाैं पठाएको छ। तारजालीको खोरभित्र पशुसरह जिवन बाँचिरहेकी रमिलाको गाउँपालिका प्रमुख भूपेन्द्र राईले मंगलबार उद्धार गरि थप उपचारका लागि काठमाण्डौ पठाएका हुन्।

विरामीका श्रीमान मनीकुमार तामाङलाई काठमाडाैैको अस्पतालसम्म पु¥याउन तत्कालका लागि १० हजार उपलब्ध गराईएको पालिका प्रमुख राईले बताए। २०७४ साल असार ७ गते टाउको दुखेको बताएकी रमिलामा अस्वभाबिक रुपमा मानसिक असन्तुलनको समस्या देखिन थालेको छिमेकीहरुले बताएका छन्। गीत गाउने, नाच्ने, मन लाग्दो गर्ने, केटाकेटीलाई लखेट्ने, पिट्नेलगायतका अस्वभाविक क्रियाकलाप नरोकिएपछि उनलाई तारजालीसहितको खोरमा थुनेर राखेका थिए। उपचारका लागि रमिलाको परिवारले पुर्वका विभिन्न स्वास्थ्य सस्थाहरु पु¥याए पनि रोग निको नभएपछि घरमै ल्याई खोर भित्र थुनेर राखेको आफन्तले बताएका छन्। आर्थिक अवस्था कमजोर भएकै कारण उनलाई सुविधा सम्पन्न अस्पतालसम्मा पु¥याउन नसकिएको परिवारको भनाइ छ। 

गाँउपालिका प्रमुख राईका अनुसार रमिलाको उपचारकाक्रममा लाग्ने सम्पूर्ण खर्च पालिकाले बेहोर्ने बताए। गाँउपालिकावासी एक पीडित महिला पशुलाई सरह खोरमा थुनिएर उपचार नपाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको अवस्थामा गाउँपालिकाले थप उपचारको बन्दोबस्त मिलाएको हो। उनका एक छोरी र एक छोरा छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.