|

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादित च्यारिटी फाउण्डेशन बन्द हुने भएको छ। 

ट्रम्प र उनका सन्तानमाथि फाउण्डेशनको रकम गैरकानुनी रुपमा प्रयोग हुँदै आएको आरोप लाग्दै आएको थियो। विवाद बढ्दै गएको देखेपछि राष्ट्रपति ट्रम्प आफ्नो पारिवारिक फाउन्डेशन बन्द गर्न सहमत भएको बीबीसीले जनाएको छ।

न्यूयोर्ककी महान्यायधीवक्ता बारबरा अण्डरउडले फाउन्डेशनको रकम अवैध रुपमा प्रयोग भएको भन्दै ट्रम्प परिवारविरुद्ध मुद्दा दायर गरेकी थिइन्।। राष्ट्रपति ट्रम्पले आफ्नो ब्यापारिक तथा राजनीतिक फाइदाका लागि फाउण्डेशनलाई प्रयोग गर्दै आएको आरोप उनले लगाएकी थिइन्। ट्रम्प फाउन्डेशन अब कानूनी रुपमा नै भंग हुनेछ र त्यो कोषमा रहेको रकम अन्य परोपकारीसंस्थालाई वितरण गरिनेछ।

राष्ट्रपति ट्रम्पका र उनका तीन सन्तान अब न्यूयोकर्कको अन्य कुनै पनि च्यारिटी संस्थामा बोर्ड सदस्य बन्न नपाउने भएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.