|

संखुवासभा : मापदण्डविपरीत रहेको भन्दै जिल्ला वन कार्यालयले चार मिहनाअघि बन्द गरेको सभाखोलामा रहेको दुई क्रसर उद्योग जिल्ला समन्वय समितिले सञ्चालन गर्न अनुमति दिएको छ।

समितिले मंगलबार सरोकारवालाहरुसँग बैठक बसी क्रसर उद्योग सञ्चलन गर्न दिने निर्णय गरेको छ। उद्योग बन्द भएपछि जिल्लामा गिट्टी र बालुवा अभाव भई विकास निर्माणको ठप्प भएको भन्दै पुनः सञ्चालन गर्न दिने निर्णय गरेको हो।

जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना, उत्तर–दक्षिण कोशी सडक, कोशी करिडोर, अरुण तेस्रोलगायतका आयोजनामा असर पुगेकाले क्रसर उद्योग सञ्चालन ल्याउने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए। 

क्रसर उद्योग बन्द हुँदा क्रसर उद्योग बन्द हुदा गिट्टी र बालुवा अभाव भई जिल्लाका सडक, सरकारी भवन, भूकम्प पीडितका घर पुनर्निर्माणमा समेत असर परेको भन्दै उद्योग सञ्चालनका लागि निर्माण व्यवसायीले माग गर्दै आएका थिए।

समितिले सञ्चालन गर्न पुनः अनुमति दिएको क्रसर उद्योग वन क्षेत्रबाट दुई किलोमिटर दूरीभित्र रहेकाले वन कार्यालयले बन्द गरेको थियो। वन क्षेत्रबाट दुई किलोमिटर दूरीभित्र क्रसर उद्योग सञ्चालन गर्न नपाउने कानुनी व्यवस्था रहेको  जिल्ला वन कार्यालयका सहायक वन अधिकृत हेमन्त पराजुलीले जानकारी  दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.