|

उदयपुर : शारीरिक रुपमा अपांगता भएकी २० वर्षीया युवती बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन्।

त्रियुगा नगरपालिका–७ का भतुरमान भन्ने भट्टु दनुवारलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जनाकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको एसपी राईले बताए।

दनुवारले शारीरिक रुपमा असक्त युवतीलाई घर नजिकै रहेको खोल्सामा लगेर बलात्कार गरेको भनी पीडितकी आमाले प्रहरीमा उजुरी दिएको प्रहरीले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.