|

काठमाडौं : प्रहरीले काठमाडौंको विभिन्न ठाउँमा चोरी गर्दै हिँड्ने ठूलो समूहलाई पक्राउ गरेको छ। उनीहरूले घर,पसल र सार्वजनिक सवारीसधनमा चढ्ने यात्रुको समेत पाकेटमारेर धनमाल लुट्ने गरेको प्रहरीले जनाएको छ।

यसरी चोरी गर्नेमध्ये ५० जनाभन्दा बढीलाई पक्राउ गरेको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी परिसर काठमाडौंले मंसिर २० गतेबाट चोरी र पाकेट मार्ने विरुद्धको अभियाननै संचालन गरेको छ। यही अवधिमा प्रहरीले ५० जनाभन्दा बढीलाई पक्राउ गरेको हो।

पक्राउ परेका मध्ये अधिकांश पेसेवर चोर रहेको प्रहरीले जनाएको छ। उनीहरू सबैलाई बुधबार एकबजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरी परिसर काठमाडौंले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.