|

कालिकोटः सशस्त्र द्वन्द्वको अन्त्यपछि खाँडाचक्र नगरपालिका–७ को पिलीगाउँ अहिले तग्रिँदै गएको छ। सशस्त्र द्वन्द्वपछिको शान्तिकालमा पिली गाउँ विकास निर्माण र पूर्वाधारका क्षेत्रमा तिब्र गतिमा विकास भइरहेको छ। माओवादी जनयुद्धकालमा सशस्त्र द्वन्द्वकै ठूलो घाउ बोकेको पिली गाउँ अहिले यहाँका जनप्रतिनीधि तथा स्थानीयहरु नमुना बस्तीका रुपमा विकास गर्नका लागि परेका छन्।

बि.स. २०६२ साउन २३ गते माओवादीले आक्रमणबाट दुवै पक्षले ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति ब्यहोरेको पिली गाउँ अहिले विकास निर्माणका क्षेत्रमा अग्रणी भूमिका खेल्न थालेको छ।

घर घरमा खानेपानी धारा

सशस्त्र द्वन्द्वको चरम चपेटामा परेको पिली गाउँमा अहिले घर घरमा खानेपानीको धाराको अवधारण अघि सारिएको छ। अहिले पिली गाउँमा १ सय ५० घरमा प्रत्येकको घरमा खानेपानीको धारा रहेका छन्। सशस्त्र द्वन्द्वको समाप्तीपछि स्थानीय जनप्रतिनीधि पाएको र अहिले यहाँको विकासमा फड्को मार्न थालेको स्थानीय अनिल कार्कीले बताए। ‘सशस्त्र द्वन्द्वका समाप्तीपछि अहिले स्थानीय जनप्रतिनीधिहरु आएका छन्।’ उनले भने,‘द्वन्द्वको चपेटामा परेको पिली गाउँ विकास निर्माण र पूर्वाधारका क्षेत्रमा फड्को मार्न थालेको छ।’

अहिले पिली गाउँमा रहेका सबै घरधुरीमा खानेपानीको पहुँच पुगेको यसका लागि हुरन्डेक नामको गैससले सहयोग गरेको वडा अध्यक्ष रजबहादुर मल्लले बताए। ‘केही आर्थिक सहयोग हुरन्डेक संस्थाले गरेको थियो। अरु सबै स्थानीयको पहलमा भएको हो।’ उनले भने,‘अहिले सबै घरधुरीमा खानेपानीको धारा पाएका छन्।’

सिँचाइका लागि पोखरी बन्दै

गाउँमा सिंचाईको सुबिधा नभएका कारणले हिउँदे बाली उत्पादनमा समस्या भएका कारणले वडा कार्यालयको पहलमा अहिले गाउँको सिरानमा १६ लाख लिटर अटाउने पोखरी बनाउन गाउँलेहरु कस्सिएरका लागेका छन्।

वडा कार्यालयले पोखरी बनाउनका लागि गत साल २५ लाख यो आर्थिक बर्षमा २५ लाख बजेट छुटाएर पोखरी बनाएर गाउँमा सिंचाईको सुबिधा दिन थालिएको वडा सदस्य पुत्रबहादुर मल्लले बताए। ‘गाउँमा सिंचाई सुबिधा नभएका कारणले खेतहरु बाझैँ छन्।’ उनले भने,‘त्यो समस्या समधान गर्नका लागि गाउँको सिरानमा १६ लाख अटाउने सिंचाई पोखरी बनाउँदै छौं।’

घरमा घरमा गोबर ग्यास

गाउँमा रहेका खाना पकाउने दाउराको समस्या भएका कारणले स्थानीयहरुले अहिले घर घरमा गोबर ग्यासको प्रयोग गर्न थालेका छन्। नजिकै वन जंगल नभएका कारणले खाना पकाउने दाउराको समस्या हुन थालेपछि गोबर ग्यासमार्फत खाना पकाउन थालेका हुन्।

नजिकै वन जंगल नभएको भएको जंगल मासिँदै जान थालेपछि अहिले सबै घरधुरीमा गोबर ग्याँसको चुलो जडान गर्न गैससको सहयोगमा काम थालिएको वडा अध्यक्ष रजबहादुर मल्ले बताए। ‘अहिले हामीले प्रत्येक घरमा गोबर ग्याँस अनिवार्य बनाउन भनेको छौं।’ उनले भने,‘अहिले अधिंकासको घरमा गोबर ग्याँसबाट खाना पकाउने गरेका छन्।’

युद्ध पर्यटकीय क्षेत्र बन्दै

पिलीलाई युद्ध पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नका लागि प्रदेश सरकार र खाँडाचक्र नगरपालिकाले बजेट छुटाएको छ। युद्ध पर्यटकीय क्षेत्रको लागि प्रदेश सरकारले १ करोड ५० लाख र खाँडाचक्र नगरपालिका २० लाख रकम बिनियोजन गरेको छ।

प्रदेश सरकार र खाँडाचक्र नगरपालिकाले पिलीलाई युद्ध पर्यटकिय क्षेत्र बनाउनका लागि बजेटको ब्यवस्था गरेको काम त्यसको काम छिट्टै हुने आफुले जानकारी पाएको वडा अध्यक्ष मल्लले बताए। ‘प्रदेश सरकारले पिलीलाई युद्ध पर्यटकिय क्षेत्र बनाउनका लागि बजेटको ब्यवस्था गरेको छ।’ उनले भने,‘त्यो बजेट छिट्टै कार्यन्वयन आउने मैले जानकारी पाएको छु।’

प्रदेश सरकारले पिलीमा युद्ध संग्रालय, भ्यु–टावर र युद्धमा प्रयोग भएका बंकर बनाउनको संरक्षण लागि बजेटको बिनियोजन गरेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए। ‘प्रदेश सरकार र हामीले पनि बजेटको ब्यवस्था गरेको छौं।’ उनले भने,‘ युद्ध संग्रालय, भ्यु–टावर र युद्धमा प्रयोग भएका बंकर बनाउनको संरक्षणमा बजेटको लगानी गरिनेछ।’

खुख्खा डाडाँमा रुख रोपिँदै

खुख्खा डाडामा रहेका पिलीमा माथिल्लो भागमा बृक्षारोषण गरेर वडालाई हरियाली बनाउने योजना वडापालिकाले लिएको छ। गाउँमा भएका रुखहरु कटान हुदैँ गएको र नयाँ बिरुवा उम्रन समस्या हुन थालेका कारणले नयाँ बृक्षारोपण गरिएको छ।

गत आर्थिक बर्षमा सुख्खा डाडामा २५ हजार सल्ला र टिमुरका बिरुवा रोपिएको यो आर्थिक बर्षमा थप बिरुवा रोप्ने तयारी भएको वडा सदस्य पुत्रबहादुर मल्लले बताए। ‘गत आर्थिक बर्षमा २५ हजार सल्ला र टिमुरका विरुवा रोपेको थियौं।’ उनले भने,‘रोपिएका अधिंकास बिरुवा बाचेका छन्। यो आर्थिक बर्षमा पनि थप बिरुवा रोप्ने योजना बनाएका छौं।’

विभेदमुक्त वडा घोषणा

सामाजिक तथा सांस्कृतिक रुपमा कुस्कारहरुलाई हटाउने अभियान पनि वडापालिकाले थालेको छ। अहिले गाउँलाई छाउपडी गोठमुक्त घोषणा, पूर्ण सरफाईयुक्त वडा, धुवाँरहित वडा, छुवाछुतमुक्त वडा लगाएतका बिभिन्न कुरिती र कुसंस्कार बिरुद्ध बिभिन्न अभियान समेत संचालन गरेको छ।

समाजमा बिभिन्न प्रकार कुसंस्कार बिभेद रहेको त्यसलाई हटाउन वडा बिभिन्न प्रकार पहल थालेको वडा अध्यक्ष रजबहादुर मल्लले बताए। ‘हामीले बिभिन्न बिभेदमुक्त वडाका रुपमा विकास गर्न थालेका छौं।’ उनले भने,‘त्यसका लागि हामीले सबै प्रकार कदम चालेका छौं।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.