|

काठमाडौं : प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन राज्य व्यवस्था समितिले निर्वाचन आयोगलाई देशभरमा रिक्त रहेको जनप्रतिनिधिको पद २ हप्ताभित्र पठाइसक्न निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको समिति बैठकले स्थानीय  तह र प्रदेशमा जनप्रतिनिधिको के कति संख्यामा पद रिक्त उपनिर्वाचनको तयारीका लागि त्यसको जानकारी २ हप्तामा पठाउन भनेको हो। बैठकमा समिति सभापति शशि श्रेष्ठले देशभरमा स्थानीय तह र प्रदेशमा के कति जनप्रतिनिधि पद खाली छ भन्ने कुराको यकिन तथ्यांक २ हप्ताभित्र पठाइसक्न निर्वाचन आयोगलाई निर्देशन दिएका हुन्। बैठकमा सभापति श्रेष्ठले सर्वोच्चले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउने व्यवस्था गर्न भनेकोमा त्यसको कार्यान्वयनको अवस्था र जटिलताबारे गृहमन्त्रालयसँग समन्यव गरेर यथाशीघ्र समितिमा जानकारी गारउन पनि निर्देशन दिएका छन्।

विभिन्न वडाहरूमा दलित महिलाको उम्मेद्वारी नपरेका कारण दलित महिला नभएका कारण पदखाली हुन गएको छ कानुनी रूपमा दलित महिला नै हुनुपर्ने भएकाले व्यवस्थापकीय र कानुन संशोधनको अवस्थाबारे पनि जानकारीको गर्न समितिले आयोगलाई निर्देशन दिएको छ। समितिले उपनिर्वाचनको तयारीबारे जानकरी गराउन गृह मन्त्रालयलाई पनि निर्देशन दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.