|

काठमाडौं : कर्मचारी समायोजन अध्यादेशमा असन्तष्टि राख्ने निजामती कर्मचारीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन् । गत मंसिर २३ गते जारी गरिएको कर्मचारी समायोजन अध्यादेश २०७५ ले गरेका केही व्यवस्था संविधानको मर्मविपरीत भन्दै उनीहरूले हच्याउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

कर्मचारीले उक्त अध्यादेश निजामती सेवा ऐन २०४९ को दफा ५८ को सेवा सर्तको सुरक्षा सम्बन्धी व्यवस्थाको प्रतिकूल रहेको र प्राकृतिक न्याय सिद्धान्तको समेत विपरीत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उनीहरूले कर्मचारीले अन्यायमा पार्ने गरी तयर गरिएका व्यवस्थामाथि आफूहरूको गम्भीर सहमति रहेको भन्दै उक्त व्यवस्थालाई सच्याएर समायोन अध्यादेश कार्यान्वय गर्ने व्यवस्था गर्न अनुरोध गरेका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.