विभिन्न कोड भाषा राखेर चोरी

|

काठमाडौं : कैलालीका सुरेन्द्रबहादुर सिंह मंसिर २५ गते आफ्नो तीन वर्षीय नातिको उपचारका लागि काठमाडौं आए। धनगढीबाट रात्रिकालीन बसमा चढेका उनी २५ गते बिहान हुँदा काडमाडौंको गंगबुस्थित नयाँ बसपार्क पुगेका थिए। बसपार्कबाट नाराणगोपाल चोक जान खोजेका उनी चक्रपथ चल्ने सार्वजनिक बस समातेर नाराणगोपाल चोकतिर लागे। पहिलोचोटि काठमाडौं आएका उनलाई काठमाडौंबारे त्यति जानकारी थिएन।

जब बस चढे बसका अन्य युवाहरुले उनलाई सहयोग गरे बा कता जाने भन्दै मायाले सोधे? नाराणगोपाल चोक उनको जवाफ थियो। युवाहरुले सिटसम्म बसाले।उनलाई लाग्यो काठमाडौंका युवा ज्ञानि हुँदा रहेछन्। अनि आठ नौ जनाको समुहका युवा ५५ वर्षयी सिंहसँगै को छेउकै सिटमा बसे। उनलाई आफ्नो पाकेट मार्ने कुराको सुइकोसम्म सोचेका थिएनन्। 

तर जब सिंह नाराणगोपाल चोक पुगे उनको पाकेटमा भएको ५५ हजार रुपैयाँ र बैंकको एटिएम कार्डसमेत थिएन। उनको पाकेटको रुपैंया र एटिएम कार्ड उनै बा भन्ने समूहका युवाहरुले पाकेट मारेर भागेका थिए।

त्यस्तैगरी इमाडोलका सुमन आले लगनखेलबाट रत्नपार्कको माइक्रो बस चढेर मंसिर २२ मा रत्नपार्क आउँदै थिए। रत्नपार्क ओर्लिंदा उनको पाकेटको मोबाइल हरायो। उनको मोबाइल माइक्रोमै चढेका पाकेटमार समूहले लगेको उनको भनाइ छ। उनले हाल मोबाइल हराएको निवेदन काठमाडौं प्रहरीमा दिएका छन्।

यी केही प्रतिनिधि घटना मात्र हुन। यसरी सार्वजनिक सवारी साधनमा दिनदाहाडै पाकेट मार्ने समूहको काठमाडौंमा बिगबिगी रहेको पाइएको छ। प्रहरीले यसरी सार्वजनिक यातायतमा पाकेट मार्ने,  मान्छे नभएको मौका छोपेर घर फोडेर चोरी गर्ने ७७ जनालाई पक्राउ गरेर बुधबार सार्वजिनक गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले चोर नियन्त्रण गर्ने मंसिर १५ बाट अभियाननै संचालन गरेको छ। जसमा ५५ जना प्रहरीलाई चोर नियन्त्रण गर्न भन्दै सादापोसाकमा परिचालन गरिएको हो। यिनै ५५ जनाको टोलीले मंसिर १५ यता काठमाडौंका विभिन्न ठाउँबाट ७७ जना चोरलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वशन्त लामाले जानकारी दिए।

उनीहरुको साथबाट प्रहरीले पाँच लाख ९६ हजार नगद ३९ थान मोबाइल, चार थान आइप्याड, पाँच थान ल्यापटप समेत बरामद गरेको छ। उनीहरुमध्ये धेरै पेसेवर पाकेटमार रहेको एसएसपी लामाले बताए।

कोड भाषा राखेर चोरी

पाकेटमारहरुले कोड भाषानै प्रयोग गरेर सार्वजनिक यातायातहरुमा पाकेट मार्ने गरेको छन्। बुधबार सार्वजनिक गरेको चोरहरुले बसमा चढेको बेला अरूले थाहा नपाउन् भनेर कोड भाषा नै राखेको एसएसपी लामाको भनाइ छ। यस्तो छ पाकेटमारहरुको कोड भाषा।

भाषा   कोडभाषा

रुपैंया – द

मोबाइल – कान

पीडित – रामे

रुपैयाँ धेरैलाई – टानको द

रुपैयाँ थोरेलाई – जुटको द

गाडी – कांचा

केटा - छापा

केटी - भद्री

प्रहरी - ठूल्दाइ आयो

ड्राइभर - माम

खलासी - मले

गाडीबाट झरेर भाग - टप्की

गाडीभित्र अगाडि सर - अकल जा

गाडीभित्र पछाडि सर - चिछल जा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.