|

तनहुँ : मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसी वित्तीय संकटमा फसेपछि निर्माणाधीन तनहुँ जलविद्युत् आयोजना धरापमा पर्ने भएको छ। सीएमसीको वित्तीय संकटले तनहुँ जलविद्युत आयोजना परेको हो। सरकारले मेलम्चीसहित तनहुँ जलविद्युत आयोजनासँग सम्बन्धित सीएमसीका प्रतिनिधि भाग्न खोजेपछि पासपोर्ट जफत गरेको आयोजनाले जनाएको छ। तनहुँ आयोजना निर्माणको काम पनि सीएमसीले लिएको थियो।

तनहुँ जलविद्युत् आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले मेलम्ची र तनहुँ आयोजनामा काम गर्ने ठेकेदार कम्पनी एउटै हुँदा असर पर्ने बताए। ‘आयोजनाको विभिन्न काम तीव्र गतिमा अगाडि बढेको अवस्थामा ठेकेदार कम्पनी समातिदा असर पर्ने अनुमान गर्न सकिन्छ,’ उनले भने।

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (हेड वक्र्स) निर्माणका लागि सिएमसी ठेकेदारका रूपमा छानिएको थियो। एशियाली विकास बैंक (एडीबी)कै लगानीमा बनिरहेको मेलम्चीमा गतिलो काम नगर्दा पनि एडीबीले सिएमसीलाई तनहुँमा प्राविधिक रूपमा योग्य ठहराएको थियो। सिएमसीले ठेक्का पाएको काममा एडिबीकै प्रमुख लगानी छ। एडिबीको अदूरदर्शी निर्णयको शिकार अहिले तनहुँ हाइड्रो भएको छ।

तनहुँ जलविद्युत आयोजनाका प्रबन्ध सञ्चालक प्रदीप कुमार थिकेले सिएमसी विद्युतीय संकटमा परेको खबर आएको बताए। ‘यदि सिएमसीले कानुनी रूपमा वित्तीय संकटमा परेको प्रमाण आयोजनालाई बुझाउनुपर्नेछ,’ उनले भने ‘टाँट पल्टेको प्रमाणित भएमा नयाँ ढङ्गबाट अगाडि बढ्नेछौँ।,’

प्राविधिक रूपमा योग्य भएपछि सबैभन्दा कम बोलकबोल गर्दै सिएमसीले आर्थिक प्रस्तावमा पनि योग्य ठहरिएको थियो। तनहुँमा २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। यो आयोजनाको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइए पनि अब आयोजना समस्यामा फसेको छ। आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ।

तनहुँ आयोजनाका लागि यसअघि गरिएको टेण्डरमा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी जेपी इन्जिनियरिङ पनि सिएमसी जस्तै वित्तीय संकटमा फसेको पाइएको थियो। त्यसैका कारण नयाँ टेण्डर गरेर सिएसीसँग ठेक्का सम्झौता गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.