|

पर्सा : वीरगन्ज भंसार कार्यालयबाट सवारी साधनमा आवतजावत गर्न नपाइने भन्ने कुरा मित्य्या सावित भएको छ।

पोके तस्कर र साना सवारीमा हुने अवैध कारोवारलाई न्यूनीकरण गर्न वीरगन्ज भंसार कार्यालयको मूल गेट अगाडि सवारी साधनबाट तन्दुरुस्त यात्रुले ओर्लिएर २५ मिटरजति पैदल हिड्न पर्ने मात्र नियम लगाउन खोजिएको वीरगन्ज भंसार कार्यालयका प्रमुख श्यामप्रसाद भण्डारीले बताए।

'वृद्धवृद्धा अपाङ्गता भएका र विरामीले भने सवारी साधनबाट ओर्लिनै पर्दैन' उनले भने। यति नियम पनि केही अवैध कारोवारमा संलग्न र उनीहरूबाट आर्थिक लाभ लिनेहरूलाई पाच्य नहुँदा एकै पटक नभई विस्तारै सडकको साइडबाट पैदल यात्रुले हिड्न पर्ने नियम लागू गरिने कार्यालय प्रमुख भण्डारीले तर्क गरे। भंसारले अवैध कारोवार रोक्न सामान्य नियम लागू गर्न नपाउने भन्ने कुरा हुँदैन। केही मिडियाकर्मीले पनि कुरै नबुझि समाचार बनाइदिँदा राम्रो सन्देश नगएको उनको भनाइ छ।

यसमा केही अवैध कारोवारमा संलग्न र उनीहरूलाई पछाडिबाट साथ दिने केही व्यक्तिहरू अतालिएकोले एकै पटक नभई विस्तारै भंसारले नियमलाई अगाडि बढाउने लक्ष्य लिएको वीरगन्ज भंसार कार्यालय कर्मचारीहरूको तर्क छ। मुलुककै बढी राजश्व उठाउने भंसार नाका भएकोले सवारी साधन र मानिसको आवागमनलाई  व्यवस्थित गर्दै ‘भन्सार जाँचपासलाई अझ दूरुस्त बनाएर यहाँ देखिएका बेथितिलाई रोक्न वीरगन्ज भंसार कार्यालयले आफ्नो कामलाई अगाडि बढाउने वीरगन्ज भंसार कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.