२०७६ फागुन ७ मा महाधिवेशन गर्न पौडेलको प्रस्ताव

|
प्रतीकात्मक तस्बिर

काठमाडौं : विधान मस्यौदाका विवादित विषयमा आन्तरिक सहमति जुटाउन बसेको नेपाली कांग्रेसको केन्दीय समिति बैठक पाँच मिटमै स्थगित भएको छ। शीर्ष नेताको आफ्नै आडनका कारण बैठक बिहीबार बिहान पुनः बस्ने गरी स्थगित भएको हो।

बिहीबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बैठक बस्ने गरी स्थगित भएका नेता मीन विश्वकर्माले बताए। उनले मंगलबार भएको सहमति नेपालको संविधानविपरीत भएकाले त्यसको विरोध भएको बताए। यसविषयमा सभापति र शीर्ष नेता चिन्तित भएको बताउँदै उनले गम्भीर छलफल हुने बताए। उनले भने, 'हिजोको सहमति नेपालको संविधानबम्बोजिम भएन। बहुसंख्यक केन्द्रीय सदस्यहरू हिजो भएको सहमति संविधानबम्बोजिम नभएको भन्दै असहमति जनाउनु भयो। यो विषयमा सभापति तथा शीर्ष चिन्तित मुद्रामा देखिनु भयो। भोली यसविषयमा गम्भीर छलफल हुन्छ।'

बुधबार साढे ६ बजे बस्ने भनिएको बैठक दुई घण्टा ढिला गरी साढे आठ बजे बस्न सकेको थियो। तर बैठक सुरु हुँदा सभापतिइतरका शीर्ष नेताहरू बैठकस्थल सिंहदरबारस्थित संसदीय दलको कार्यलयबाट बाहिरिसकेका थिए। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला वरिष्ट नेता रामचन्द्र पौडेललगायतका नेता उपस्थित रहेका थिए। तर सभापतिइतर समूहका शीर्ष नेताहरू प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला बैठक बस्नु अगाडि नै बैठक स्थलबाट बाहिरिएका थिए।

मंगलबार शीर्ष नेताहरूको बैठकले आठ जनाको पदाधिकारी बनाउने निर्णय गरेको थियो। एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्ष बताउने निर्णय गरेको थियो। कोषाध्यक्ष मनोनित गर्ने र अरु पदाधिकारी निर्वाचित भएर आउने शीर्ष तहमा सहमति भएको थियो। प्रवक्ता पनि सभापतिले नै मनोनित गर्ने सहमति बनेको थियो। १६१ सदस्यीय केन्द्रीय समिति बनाउने पनि लगभग फाइनल भएको थियो। 

शीर्ष नेताहरूबीच मंगलबार सहमति भएको भन्दै देउवा समूहले भाँड्न खोजेको नेता केसीले बताए। उनले अब यसको जिम्मेवारी सभापतिले लिनुपर्ने बताए। उनले यसअघि भएको सहमति कार्यान्वयनको विकल्प नभएको बताए।

सहमतिका लागि बुधबार दिनभरि प्रयास भए पनि विफल भएको थियो। उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा एक\एक मनोनीत गर्न पाउनुपर्ने र समावेशी बनाउनुपर्ने देउवा समूहका नेताले अडान राखेपछि सहमति उल्टिएको थियो।

बैठक बस्नुअघि नेताहरू आआफ्नै गुटको कोठे बैठकमा थिए। सभपति देउवा र उनी  निकटका नेताहरू बैठक स्थल पुग्दा पनि असन्तुष्ट समूहका नेताहरू भने बैठक स्थल गएनन्। सहमतिको प्रयास गर्दा पनि सभापतिले भाँड्न मात्रै खोजेको भन्दै केही नेता भने बैठक सुरु हुनुभन्दा अघि नै निक्लिएका थिए। बैठक स्थलमा वरिष्ठ नेता पौडेल नपुगेपछि महामन्त्री डा. कोइराला पडेल बसेको कोठासम्म लिनै आए।

कोइरालाको आग्रहपछि पौडेल बैठक स्थल पुगेका थिए। तर पौडेल बैठक स्थल पुगेकोमा उनी निकट केही नेताहरू भने असन्तुष्ट बने। सभापतिले बोलाएको बैठकलाई वैधानिकता दिन गएको भन्दै पौडेलसँग केही नेता असन्तुष्ट भएका हुन्।

बैठकमा केहीबेर सहभागी भएका नेता पौडेलले सहमति गर्दै उल्टाएको भन्दै आपत्ति जनाए। देउवाले सहमति जनाएर आफूलाई समावेशीताको विरोधि जस्तो बनाउन खोजेको भन्दै आक्रोश गर्न खोजे। उनले सभापतिसँग बहुमत भएको भन्दै जे मन लाग्छ त्यही गर्न भन्दै चेतावनी दिए।

महाधिवेशनका कार्यक्रम संचालन गर्न प्रस्ताव

वरिष्ठ नेता पौडेलले पुस १६ देखि पार्टी सुदृढीकरणको काम अभियान चलाउन प्रस्तव पेस गरेका छन्। उनले पुस १६ ६गते देखि २०७६ असार मसान्तसम्म राष्ट्रव्यापि अभियानसहित सदस्यता वितरण अभियान चलाउन प्रस्ताव गरे।

यस्तै, असार मसान्तबाट सदस्यता नवीकरण र क्रियाशील सदस्यता वितरण, मंसिर मसान्तसम्म टोल, मतदान केन्द्र, वाडा हुँदै स्थानीय तहको अधिवेशन गर्ने, २०७६ पुस मसान्तसम्म प्रदेश तथा संघीय निर्वाचन क्षेत्र तथा जिल्लाको अधिवेशन गर्ने, माघ १६ गते प्रदेश र २०७६ फागुन ७ गते केन्द्रको महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।

उनले यो प्रस्ताव केन्द्रीय समितिमा लिखित रूपमा प्रस्तुत गरेका हुन्।

यी पनि पढ्नुहोस्

फेरि अड्कियो कांग्रेस विधानः देउवाकै नेताहरूको दोहोरो भूमिका
कांग्रेस शीर्ष नेताको निर्णय केन्द्रीय समितिमा उल्टियो
कांग्रेसको विधान मस्यौदा : राति सहमति हुन्छ, बिहान उल्टिन्छ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.