|

दाङ : अहिले पनि हाम्रो समाजमा पुरुषहरूले गर्ने काम महिलाहरूले गरे भने फरक सोच्ने गरिन्छ। तर, महिलाहरूले पनि अहिले पुरुषको बराबर काम गर्न सक्छन् भन्ने विभिन्न उदाहरणीय काम गर्दै आएका छन्। विगत ३ वर्षदेखि बाँके घर भई दाङको घोराही र तुलसीपुरमा पुरुष सैलुनमा पुरुषहरूको कपाल र दाह्री  काट्ने पेसामा २२ वर्षीया जुनु चौधरी लागिरहेकी छन्। २ वर्षसम्म घोराहीमा सो काम गर्दै आएकी चौधरीले गत वर्षदेखि तुलसीपुरको एक पुरुष सैलुनमा काम गर्दै आएकी छन्। तुलसीपुर क्षेत्रमा पुरुषको कपाल काट्ने एक्ली किशोरी हुन्।  गरिबीका कारण उनले  कक्षा ८ पढ्दै गर्दा पढाइ छोड्नुपर्‍यो। त्यसपछि चौधरीलाई एफएनसी संस्थाले  ४ महिना कपाल काट्ने तालिम लिने अवसर दियो।

तालिममा सिकेको सीपलाई  आज चौधरीले जीवनयापनको  लागि मुख्य पेसाको रूपमा काम गर्दै आएकी छन्। बाँके नेपालगञ्ज  ९ फत्तेपुर निवासी २२ वर्षीया  चौधरी दाङको घोराही १० नाराणपुरमा मै बस्दै आएकि छन्। उनले दाङमा आएर व्यावसायिक रूपमा कपाल काट्न थालेको ३ वर्ष भइसकेको छ। पहिले उनले घोराहीमै कपाल काट्थिन्। जहाँ अर्की एकजना महिलाले पनि कलाप काट्ने नाई काम गर्दै आएकी थिइन्। तर, घोराहीमा चौधरीले कपाल काट्ने पसल मधेसी मुलका मानिसको थियो। त्यसैले उनी तुलसीपुरका डिल्लु चौधरीले सैलुनमा करिब एक वर्षदेखि काम गर्दै आएकी छन्।  शुरुमा  यो पेसा गर्दा आफूहरूलाई मानिसहरूले नै नराम्रो सोच्ने गरेको उनले बताइन्।

महिलाले त महिललाको पो काम गर्दछन्। 'के पुरुषले गर्ने काम गरेको तिमीले गन्न सक्छौ होला भन्दै पुरुषको कपाल दाह्री बनाउन लाग्दा उनीहरूले शंका गर्ने गर्दथे' उनले भनिन्। अहिले त  त्यस्तो  कसैले नभन्ने  गरेको उनले बताइन्। 'अहिले मैले पुरुषहरूको कपाल, दाह्री बनाउँदा पुरुषको भन्दा कमी हुँदैन। सजिलैसँग काम गरी राखेकी छु।' त्यसैगरी  अहिले आफु काममा नै यहाँ कपाल काट्ने सबै अनुभवी र आफ्नै जातिका दाजुभाइ भएकाले काम गर्न पनि सजिलो भएको चौधरीले  सुनाइन्। अहिले दैनिक २०/२५ जना पुरुषहरूको कपाल, दाह्री काट्ने गरेको उनले बताइन्। उनले पुरुषहरूको कपाल, दाह्री बनाएर महिनाको १५/२० हजार कमाइ हुने गरेको पनि सुनाइन्। महिलाले महिलाको मात्र काम गर्नुपर्छ भन्ने छैन, आत्मा विश्वास भयो भने महिलाले पनि जे काम गर्न सक्‍छन् भन्ने उनको भनाइ छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.