विचार

ऐक्यबद्धताको सन्देश दिने मानव एकता दिवस
SHARES

पुस ५, २०७५

    विवेक र चेतनाको धरातलमा मानिस एउटै हो, परन्तु आर्थिक, सामाजिक, धार्मिक, वर्ग, भौतिक साधनमा पहँुचको आधारमा मानव–मानवबीच एकताको अवस्था पुनर्मूल्यांकन गर्नुपर्ने भएको छ। अनेक विभेद, अहं, वैचारिक बेमेलहरूलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रत्येक डिसेम्बर २० तारिखमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय मानव एकता दिवस मनाउँदै आएको छ। यो एक माहान् सन्देशमूलक दिवस हो। यसले हामी सम्पूर्ण मानवलाई भूगोल, भावना, भूस्वामित्व, भौतिक सम्पन्नता÷असम्पन्नता जस्ता  संकीर्ण विभेदका पानाहरूलाई मेटेर हाम्रा मानवीय दृष्टिकोणहरू सदा समभावले प्रेरेरित हुन् भन्ने उद्देश्य लिएको पाइन्छ। 
    मानिसको बीचमा कुनै प्रकारको असमझदारी र विभेद नरहोस् भन्ने उद्देश्यका साथ यो दिवस मनाइने गरिन्छ। यस दिवसले विश्वमा शान्ति कायम गर्ने अभिलासा राखेको छ।

    नेपालको संविधानले, धनी–गरिव, शासक वर्ग, शासित वर्ग, महिला–पुरुष, वृद्ध, बालबालिका सबैलाई कानुनको अगाडि समान देखेको छ। तर यो कुरा व्यावहारिक रूपमा संस्थागत हुन सकेको छैन। विशेषगरी आर्थिक रूपले र अमुक विचारगत रूपले, धार्मिक आस्थाले गर्दा चाहेर अथवा नचाहेर मानिसबीच भेदभाव छ। दिगो विकास र न्यायमा आधारित समाज निर्माणका लागि कुनै प्रकारका भेदभाव, रंगभेद, धर्मभेद, आप्रवासी र स्थानीय भेद, राजनीतिक रूपमा पार्टीगत भेद, पदीय शृंखला, जातीय भेदभाव नहुनु नै मानव एकता हो। विभिन्न राजनीतिक आन्दोलन, दलित आन्दोलन, मधेसी आन्दोलनले मानवीय चेतनामा निरन्तर समानताको आवश्यकताको दियो बालेको छ नेपालमा। तापनि देशको समग्र क्षमताका कारण, व्यक्तिको आफ्नो क्षमताका कारण, लगानीमा गरिने साहसका कारण आर्थिक रूपमा भेद आउने कुरालाई निराकरण गर्न नसकिए पनि भावना, संवेदना, दुःखसुखका सिलसिलामा सम्पूर्ण मानव एक हो भन्ने विषयलाई सबैको सोचमा पु¥याएर अगाडि बढ्नका लागि यस्ता दिवस आवश्यक र सान्दर्भिक हुन्छन्। 

    मानव इतिहास शान्तिभन्दा युद्धले बढी अक्षरीकृत भएको थियो। सन् १९४५ मा दोस्रो विश्वयुद्धको समाप्ति, २४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना, २ डिसेम्बर १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणामा हस्ताक्षर जस्ता युगान्तकारी घटनाले मानव एकतामा व्यापक सुधार गरेको छ। भौतिक विकास चरममा भए पनि सम्पूर्ण मानवको भोक, रोग, अशिक्षा, आवास, अस्तित्व, विश्वासमा केही कमी अझै बाँकी छ। कुपोषणको समस्याबाट एसिया र अफ्रिकाले छुटकारा पाउन सकेका छैनन्। नेपालको सन्दर्भमा पनि कुपोषणमुक्तिका लागि राज्यले ५० करोड रुपैयाँ खर्च गर्ने दाबी गरिए तापनि सन् २०१६ को जनसंख्या तथा वातावरण मन्त्रालयको प्रतिवेदनअनुसार प्रदेश ५ मा मात्र २७ प्रतिशत बालबालिकाको तौल निकै कम र आठ प्रतिशत बालबालिका कडा खालको कुपोषणबाट पीडित थिए।

    यो एक  सामान्य उदाहरण मात्र हो। हामीले विविधतामा एकता खोज्दै जाँदा मानवका बीचमा अनेक समस्या, विभेद छन्। शासक र शासितबीचको भेद धनी र गरिवबीचको भेदलाई क्रमिक रूपमा कम गर्ने प्रयास निरन्तर रूपमा भइरहेको छ। सन् १५७७ मा गणतन्त्रका बारेमा बोँदेले लेखेको ‘डे–ला–रिपब्लिका’ भन्ने  पुस्तकमा केन्द्रिकृत र निरंकुश सत्तालाई  ईश्वर तथा प्रकृतिको कानुनबाहेक कसैले चलाउन नसक्ने सार्वभौमसत्ता सरकारसँग हुन्छ भनेका थिए। यो कुरालाई हब्सले समेत अझै जोडदार समर्थन गरेका थिए। तर आज सार्वभौमसत्ता सरकारबाट निस्केर आमजनताको हातमा आएको छ। मानव सशक्तीकरणका मुद्दाहरू क्रमिक रूपमा बढ्दै छन्।

    हिन्दु धर्मले कामको आधारमा मानिसलाई विभिन्न जात र वर्णमा विभाजन गरेको थियो। यसलाई जातीयता र छुवाछुतमा लगेर विकृत बनाइयो। अहिले जातीय भेदभाव न्यून गर्न पनि यस्ता दिवस प्रभावकारी छन्।

    गरिवी निवारणका लागि विश्वव्यापी रूपमा मानिसहरूबीच सौहाद्र्र मानवीय सम्बन्ध स्थापित हुन जरुरी छ किनकि मानिसकै प्रयासका कारण आज वस्तु तथा सेवाको गुणस्तर बढेको छ। धेरै मानिसले विगतमा भन्दा बढी रोजगारी पाएका छन्। नयाँनयाँ प्रविधिको कारणले जीवनस्तर सहज भएको छ। शान्ति कायम गर्नका लागि अनेक प्रयास गरिएका छन्। कृषिमा नयाँ प्रविधिको विकासले थोरै जमिनमा व्यापक उत्पादनमा वृद्धि हुँदै गएको अवस्था छ। विज्ञानको विकासले अनेक चमत्कार सिर्जना गरेको छ। 

    हरेक प्रकारको दिगो विकास र दिगो शान्तिमा गरिवी, मानिस–मानिसबीचको मतभेद, द्वन्द्व जस्ता कुराहरूले नकारात्मक प्रभाव पारेका हुन्छन्। त्यसैले हामी मानिसहरूबीच कुनै प्रकारको अकर्मण्यता र वैरभाव नहोस्, सबैले सबैलाई आदर र सम्मानको भावले हेर्ने प्रवृत्ति र प्रणालीको संस्थागत, पारिवारिक र व्यक्तिगत विकास होस् भन्ने सन्देशलाई यो दिवसले थप मजबुत बनाइदिन्छ र मानिसहरूलाई थप सचेत बनाउँछ।

    २१औँ शताब्दीमा मानव र मानवताको परिभाषा नै फेरिएको छ। विगतमा भन्दा वर्तमानमा मानिसले मानिसलाई हेर्ने दृष्टिकोणमा फरक भएको छ। गरिवीमै जन्मेका मानिसहरूलाई पनि राज्यले मूल प्रवाहमा ल्याउनका लागि समावेशिताको अवधारणा अगाडि ल्याएको छ। विपन्न वर्गहरूलाई माथि ल्याउन हरेक सरकारी जागिरमा श्रमशक्ति विविधीकरणमा जोड दिइएको छ। समानुपातिकताको अवधारणाले गर्दा राज्य संयन्त्र र नीति निर्माण तहमा पहुँच नभएकाहरूले पनि स्थान प्राप्त गरिरहेका छन्। 

    हिन्दु धर्मले कामको आधारमा मानिसलाई विभिन्न जात र वर्णमा विभाजन गरेको थियो। यसलाई जातीयता र छुवाछुतमा लगेर विकृत बनाइयो। अहिले जातीय भेदभाव न्यून गर्न पनि यस्ता दिवस प्रभावकारी छन्।

    मानिसहरूमा धनी–धनीबीच एक प्रकारको ऐक्यबद्धता, गरिवहरूबीच अर्को प्रकारको ऐक्यबद्धता, व्यवसायीबीच र कर्मचारीबीच ऐक्यबद्धता युगौँदेखि चली आएको छ। आजको दिनमा सम्पूर्ण मानिसले हरेक सम्पन्नता र समस्यामा रहेका मानिसहरूबीच सौहाद्र्रताको आधारमा सहअस्तित्व कायम हुनु नै मानव एकता दिवसको सफलता हो। आशा गरौँ, एक दिन कुनै मानिसले अर्को मानिसलाई कुनै अर्थमा हेलाको भावले हेर्ने अवस्था बाँकी नरहोस्। 

रामप्रसाद गौतम

प्राध्यापन पेशामा संलग्न कथाकार गौतम समसामयिक विषयमा लेखहरू पनि लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]