|

दाङ : सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको बताइएको छ। सल्लानबाट आएको बा४ख ९७६६ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। शैक्षिक भ्रमणका लागि सल्यानको मूलपानीमा गएको बस फर्कने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी बोकेको बस दुर्घटना भएको हो। अहिलेसम्म मृत्यु हुनेमा एक महिला र आठ पुरुष रहेको बताइएको छ। बसमा २१ पुरुष र नौ महिलासहित ३० जना रहेको प्रहरीले जनाएको छ। सडकबाट बस ७०० मिटर तल झरेको थियो। मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.