|
फाइल फोटो

काठमाडौं : नेपाल आइडल सिजन २ को विजेता रवि ओड बनेका छन्। शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा कैलालीका रवि ओड नेपाल आइडल सिजन २ का विजेता बनेका हुन्। 

एपी वान एचडी टिभीबाट प्रशारण भएको सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन २ को विजेता रविले होन्डा गाडी र नगद २२ लाख रुपैयाँ प्राप्त गरकेा छन्।

रविले आफ्नो जीत सबै प्रतियोगी र उपस्थित दर्शक तथा संगीतप्रेमीको भएको बताए।

ललितपुरको पुल्चोकमा भएको ग्रान्ड फिनालेमा विक्रम बराल दोस्रो बने। उनले २० लाख रुपैयाँ प्राप्त गरेका छन्। नेपाल आइडलका फिनालेमा प्रवेश गरेका चारै जनाले विश्वका विभिन्न देशमा हुने सांगीतिक शोमा सहभागी हुन पाउने बताइएको छ।

सेकेन्ड रनरअप सुमित पाठक बने। झापाका सुमितले १२ लाख रुपैयाँ बराबरको चेक प्राप्त गरेका थिए। उनले पनि विश्वभर हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउने अवसर पाउनेछन्।

नेपाल आइडलको फाइनलिस्टमा पुग्ने एक मात्र महिला प्रतिस्पर्धी अस्मिता अधिकारी चौथो स्थानमा चित्त बुझाउन बाध्य भइन्। उनले स्कुटर प्राप्त गरेकी छन्। त्यसैगरी उनले अन्य प्रतियोगीसँगै विदेशमा सांगीतिक शो गर्न पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.