|
फाइल फोटो

काठमाडौं : पुस ७ अर्थात् सायनमान अनुसार सूर्य उत्तरायण हुने दिन। चलनचल्तीको पात्रोअनुसार माघ १ गते सूर्य उत्तरायण हुने भनिए पनि वास्तविक उत्तरायण हुने दिन पुस ७ लाई मानिएको छ।

यो दिनबाट सूर्य उत्तरतिर लाग्छ र बिस्तारै दिनको लम्बाइ बढ्दै जान्छ। दिनको लम्बाइ बढ्दै जाने समयलाइ सूर्यको उत्तरायण भनिन्छ। यो क्रम असार ६ सम्म रहन्छ।

मूल वैदिक परम्परामा सौरमासको प्रचलन नभएको र चान्द्रमास (जुन शुक्लप्रतिपदामा प्रारम्भ भई औँसीमा समाप्त हुन्छ) बाट नै अयन र ऋतु पनि गनिने वैदिक पात्रोका सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायन बताउँछन्।

‘यो मान्यताअनुसार शुक्लप्रतिपदा (परेवा)देखि नै उत्तरायण र शिशिर ऋतु पनि प्रारम्भ भएको हो’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.