|

कास्की : आइएमई नेपाल लिट्रेचर फेस्टिभल २०१८ मा पोखरामा सुरु भएको छ। ‘जहाँ शब्दहरू जीवन्त बन्छन्’ भन्ने मूल नाराका साथ  पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने सातौँ संस्करणको फेस्टिभलको पहिलो दिन प्रमुख अतिथिको रूपमा पोखराको शिक्षाको क्षेत्रमा लामो समयदेखि  योगदान पुर्‍याएका जर्ज जोन र डा. एलियाना जोनले कार्यक्रमको उद्गघाटन गरेका छन्। उद्गघाटनपश्चात पर्यटन तथा संस्कृतिमन्त्री रविन्द्र अधिकारीले कार्यक्रमबारे छोटो मन्तव्य राखेका थिए।

नेपालको साहित्यमा यस्ता महोत्सवले विशेष भूमिका रख्ने उनले बताए। नेपाली साहित्यमा पोखराको योगदान अतुलनीय रहेको भन्दै आफू यो कार्यक्रममा भाग लिन पाउँदा गौरव महसुस हुने उनले बताए। सन् २०२० लाई सरकारले पर्यटन वर्ष मनाउन लागिरहँदा यस्ता कार्यक्रमले थप टेवा पुर्‍याउने उनले धारणा व्यक्त गरे। साहित्यले समाजको चित्र देखाउने भन्दै उनले देशको पर्यटकीय र सांस्कृतिक हिसाबले बढी महत्वपूर्ण हुने उनले धारणा राखे। नेपाली लेखकले लेखेका विभिन्न कृतिले  नेपालको पहिचान  विश्वसामु  पुगेको कुरा पनि हामीले भुल्न नहुने बताए।  

यस्तै, कार्यक्रममा प्रमुख अतिथि जर्ज जोनले आफूलाई यस्ता विशेष कार्यक्रममा अतिथिको रूपमा आउन पाउँदा खुसी लागेको सानो मन्तव्य राखेका थिए। साहित्य महोत्सवले समाजलाई एकताबद्ध गर्ने पनि उनले धारणा व्यक्त गरे। पहिलो उद्घाटन सत्रमा साहित्यकार सरुभक्तले जर्ज जोनबारे जानकारी दिएका थिए। ‘८७ वर्ष अघि भारतको केरलाबाट नेपाल आएका जोन पोखराको शिक्षाको विकासका एक धरोहर मानिन्छन्' उनले भने।

यस्तै सम्पादक हरिबहादुर थापाले पूर्वन्यायाधीश बारेमा पनि परिचय दिएका थिए। नेपालको न्यायमा हुने विभिन्न कठिनाइका बाबजुद पनि कार्कीको कामले सिंगो नेपालले गौरव महसुस गर्ने पनि उनले बताए। न्यायालय जस्तो गरिमामय ठाउँमा हुने ढिलासुस्तीलाई हटाउन कार्कीको योगदान अतुलनीय रहेको उनले बताए।

लिट्रेचर फेस्टिभलका केही तस्बिर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.