|

दाङ :  दाङ, तुलसीपुरको राम्रीमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या २३ पुगेको छ। दाङको घोराहीमा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी चढेको बस दुर्घटना हुँदा मृत्यु संख्या २३ पुगेको प्रहरीले जनाएको छ। सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन गरी फर्कदै गर्दा तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा शुक्रवार बेलुका ५ बजेतिर बस दुर्घटना भएको थियो।

दुर्घटनाका घाइते जुम्ला जिल्ला कन्करा गाउँपालिका–५ का १८ वर्षिय बिरेन्द्र कडाराको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचारका क्रममा शनिवार विहान ८ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन केसी, सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नं १७ का २८ बर्षिय प्रदिप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ बर्षिय नरेश वलीको मृत्यु भएको छ।

त्यसैगरी दुर्घटनामा परेर दाङको दंगीशरण गाउँपालिका वडा नं १ का २० वर्षिय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का १९वर्षिय बिजय जीएम, जुम्ला जिल्ला चन्दननाथ नगरपालिका ३ बस्ने १७ वर्षीय हिक्मत बोहोरा र कन्चनपुर जिल्ला कृष्णपुर नगरपालिका ५ बस्ने १७ बर्षिय खेमराज भट्टको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यस्तै जुम्ला जिल्ला चंन्दननाथ नगरपालिका ६ बस्ने १६ बर्षिया कुसुम रावल, दाङ जिल्ला बबई गाउँपालिका ५ बस्ने २१ बर्षीयकी कबिता खत्री, जाजरकोट जिल्ला भेरीगंगा नगरपालिका ४ बस्ने १७ बर्षीय आतिस नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यस्तै जुम्ला जिल्ला हिमा गाउँपालिका ५ बस्ने १७ वर्षीया शैलजा शाहीको अहिलेसम्म सनाखत भएको प्रहरीले जनाएको छ।

अन्यको सनाखत हुन बाकी रहेको प्रहरी जानकारी दिएको छ। त्यसैगरी दुर्घटनामा घाइतेहरुमा जुम्ला तातोपानि गाउँपालिका-४ बस्ने बर्ष १८ कि हिमाली हमाल, चन्दनाथ नगरपालिका  ३ बस्ने बर्ष १६ का कुशेन्द्र खत्री, कैलाली टिकापुर नगरपालिका८ बस्ने बर्ष १७ की समिक्षा रोकाया,  अछाम मंगलसेन नगरपालिका ५ बस्ने बर्ष १८ का बिक्रम भण्डारी।  रुकुम त्रिबेणी गाउँपालिका ६ बस्ने बर्ष १७ को प्रेम बहादुर खड्का, घोराही १७ स्युजा बस्ने वर्ष १७ की मनिका रिजाल, जुम्ला चन्दनाथ

नगरपालिका २ बस्ने बर्ष १७ का जीवन भण्डारी, जुम्ला चन्दनाथ नगरपालिका ४ बस्ने वर्ष १६ की बर्षा रोकाया ,अछाम मंलगसेन नगरपालिका ५ बस्ने बर्ष १८ का यूवराज ढुंगाना, रुकुम सानीभेरी गाउँपालिका २ बस्ने बर्ष १६ की रोजिना पुन, रुकुम सानोभेरी गाउँपालिका १० अर्मा बस्ने बर्ष १७ का राजन डाँगी,  अछाम मंगलसेन नगरपालिका ५ बस्ने बर्ष १८ का भद्र बिष्ट रोल्पा परीवर्तन गाउँपालिका ४ बर्ष १७ को प्रकाश वलीको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै गरेको प्रहरीले जाएको छ। त्यसैगरी घोराही १४ बस्ने बर्ष २० को संजय खनालको नेपालगंज नर्सिङहोममा उपचार हुँदै गरेको  प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.