|

गुल्मी : कृषकले उत्पादन गरेका वस्तुलाई सहज रुपमा बिक्री वितरण गर्ने उद्देश्यले निर्माण गरिएको गुल्मी तम्घास चारिखोलाको हाटबजार अझै संचालनमा आउन सकेको छैन। २०७१ सालमा निर्माण कार्य सम्पन्न भएको साे हाटबजार ४ वर्ष विते पनि अझै संचालनमा आउन नसकेको छैन। 

निर्माण भएको चार वर्ष बितिसक्दा समेत हाटबजार वरपर अहिले मानिसहरू जम्मा भएर गफ मार्ने थलो बनेको छ। उक्त हाटबजार संचालनका लागि साबिकको जिल्ला कृषि विकास कार्यलयको चौध लाख, साबिकको जिल्ला  विकास समितिको आठ लाख, जिल्ला पशुसेवा कार्यलय गुल्मीको दशलाख, र रेसुंगा नगरपालिकाको पाँच लाख रुपैयाँ गरी कुल सैतीस लाख लगानीमा हाटबजार निर्माण भएको हो।

साबिकको जिल्ला कृषि विकास कार्यालय र वर्तमान कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख शनबहादुर रानाले समय समयमा संचालक समिति र रेसुंगा नगरपालिकालाई  घच्घच्याई रहेको बताए। उनले स्थानीय निकायले नै संचालनमा जोड दिनुपर्ने भन्दै लगानी खेर नजावस भन्ने गरी कार्यालयले सचेत गराई राखेको दाबी गरे।

जे उद्देश्यका साथ निर्मााण भएको हो सो नहुदा कतै सैतीस लाख लगानी खेर जाने त होइन भन्नेमा यहाँका स्थानीयले चिन्ता व्यक्त गर्न लागेका छन्। निर्माण समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार कृषकले उत्पादन गरेका वस्तुलाई सहज रुपमा बिक्री वितरण होस् भन्ने उद्देश्य हाे। बिचौलीयाले नाफा कमाउने गरेको सो हुँदा किसानहरू मर्कामा नपरुन भन्ने हेतुले निर्माण गरिएको भए पनि हाल भने यसलाई कसले र कसरी संचालनमा ल्याउने भन्ने विषयमा कुरा नमिलेकाले संचालनमा आउन नसकेको श्रेष्ठले बताए।  

आफूहरूको काम निर्माण गर्ने भएकाले निर्माण कार्य सकिएकाले यसलाई कसरी संचालनमा ल्याउने भन्ने विषय स्थानीय तहको रहेको श्रेष्ठले बताए। यता रेसुंगा नगरपालिकका प्रवक्ता पदम अर्यालका अनुसार नगरपालिकाले सो हाटबजार संचालनका लागि थप पाँचलाख रुपैयाँ  बजेटको ब्यवस्था गरेको र केन्द्रबाट पनि पाँच लाखको ब्यवस्था भएकाले अबको केही महिना भित्रैमा नै संचालनमा ल्याएरै छाड्ने दाबी गरे। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.