|

कास्की : आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा पोखरामा सुरू भएको छ। ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मुल नाराका साथ  पुस ७ देखि १० सम्म सञ्चालन हुने सातौं संस्करणको फेस्टिभलको पहिलो दिन विभिन्न सेसनहरूमा छलफल भएर सकिएको थियो।

आइतबार दोस्रो दिनमा पनि विभिन्न सेसनमा ११ शीर्षकमा विषयमा छलफल हुँदैछ। हरेक सेसन एक घण्टाको रहने बुकहोम फाउण्डेशनले जनाएको छ। पहिलो सेसनमा बिहान ११ बजेदेखि सुरू हुने आयोजकले जनाएको छ। पहिलो सेसनमा ‘सय वर्षपछिको नेपाल’ मा विश्व पौडेल र सुधीर शर्माले संवाद गर्नेछन्।

दोस्रो सेसनमा ‘क्यान नेपाल बि द सलोन अफ साउथ एसिया’मा हरिस नम्बिएर, महम्मख हनिफ र कनकमणि दिक्षितले छलफल गर्नेछन्। प्रस्तोता रहनेछन् रम्यता लिम्बु। अर्को हुनेछ ‘आर्ट अफ एक्टिभिजम’ जहाँ मञ्जुश्री थापासँग हुनेछिन् आस्मिना रंजित। तेस्रो सेसनमा ‘किन घुम्ने नेपाल’ मा वक्ताहरू रविन्द्र अधिकारी, सुरज वैद्य र आङछिरिङ शेर्पा रहनेछन्। प्रस्तोता सुजित महत रहनेछन्।

चौथो सेसनमा ‘सहर, साथी र सपना’ वक्ताहरू दयाहाङ राई, खगेन्द्र लामिछाने हुनेछन्। प्रस्तोतामा रहनेछन् बुद्धिसागर। ‘रेमिट्यान्स साहित्य : दु:खदेखि दु:खसम्म’ वक्ताहरु गणेश गुरूङ, उमा सुवेदी र जनक सापकोटा हुनेछन्। प्रस्तुतकर्ता दिनेश काफ्ले हुनेछन्। पाँचौं सेसनमा ‘मधेश : आन्दोलनदेखि आख्यानसम्म’मा शिवानी सिँह थारू, वसन्त बस्नेत र गणेशप्रसाद लाठ रहनेछन् भने प्रस्तोता गिरीश गिरी हुनेछन्। यस्तै ‘मिटू’ विषयमा भूमिका श्रेष्ठ, ऋचा शर्मा र सुरेश ढकाल वक्ताका रुपमा रहनेछन्। प्रस्तोता रहनेछिन् सावित्री गौतम।

छैटौं सेसन ‘द आर्ट अफ राइटिङ’ जहाँ मञ्जुश्री थापा र प्रज्वल पराजुली रहनेछन् भने प्रस्तोता मुना गुरूङ रहनेछिन्। यस्तै, ‘कविताको कोरियोग्राफी’मा विप्लव ढकाल, विप्लव प्रतीक र रमेश क्षितिज रहनेछन् भने प्रस्तोता सरस्वती प्रतिक्षा रहनेछिन्। सातौं तथा दोस्रो दिनको अन्तिम सेसन हुनेछ, ‘आकाश र बिम्बाकाश’ जहाँ बर्तिका एम राई र अजर जंगम वक्ताको रुपमा छन् भने प्रस्तोता नवराज पराजुली रहनेछन्। र, दोस्रो दिनको कार्यक्रमहरू सकिनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.