|

धनकुटा : नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक १७ बुँदे धनकुटा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

दुई दिनसम्म धनकुटामा सञ्चालन भएको पाँचौं ऐतिहासिक बैठकले हालै विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनको निर्णयहरू कार्यान्वयन तथा विधान संशोधन गर्न मस्यौदा समिति गठन सम्वन्धमा छलफल गर्दै प्रत्यक्ष निर्वाचन प्रणालीलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ। यस्तै फागुनमा हुने साधारणसभा पोखरामा गर्नेसमेत निर्णय भएको जनाइएको छ।

धनकुटा जिल्लालाई अर्गानिक सिटीका रुपमा विकास गर्न, साथै जिल्लाको कृषि, धार्मिक, पर्यटन, वातवरण विकासका लागि नेपाल पत्रकार महासंघ धनकुटाले प्रचार प्रसारको माध्यमबाट सहयोग पुर्‍याउने निर्णय गरेको पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए। 

बैठकको उद्धाटन धनकुटा नगरपालिकाको फोहोरमैला व्यवस्थापन केन्द्रमा भएर सुरभी होटलमा छलफल गरिएको थियो। बैठकमा महासंघ केन्द्रीय समितिका पदाधिकारी, सदस्यहरू, एशोसिएट संस्थाका अध्यक्षहरू, प्रदेश अध्यक्षहरूको सहभागिता रहेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.