|

बारा : बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ आधारभारस्थित पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र महिलाको शव फेला परेको छ। आइतबार भेटिएको मृतक महिलाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिए।

घटनाको अनुसन्धान गर्न प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ। प्रदेश ३ को हेटौडाबाट कुकुर परिचालन गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक हमालले बताए।

घटनास्थलमा हत्या गरिएको हो वा अन्यत्र हत्या गरेर त्यहाँ छाडिएको भन्ने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ। ‘सुनसान ठाउँमा शव भेटिएको छ,’ प्रहरी निरीक्षक हमालले भने, ‘प्रारम्भिक अनुसन्धानमा हत्या भएको देखिन्छ।’

कुकुरको प्रयोगबाट कुन ठाउँबाट शव ल्याइएको भन्ने अनुसन्धान गर्न सहयोग पुग्ने प्रहरी निरीक्षक हमालले बताए। राजमार्गको समेत प्रयोग भएकाले केही समस्या हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.