गाउँ र नगरपालिकाले एक/एक लाख दिने

|

कालिकोट : जिल्लाको पलाँता गाउँपालिका–१ खाडाको न्यौापानेवाडामा भएको आगलागीपीडितलाई प्रदेश सरकारले २० हजार नगद राहत तत्काल वितरण गर्ने भएको छ। सोमबार बिहान आगलागीपीडित ४७ घर परिवारलाई प्रदेश सरकारले २० हजार नगद राहत दिने भएको हो।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस संयोजक धु्रबबिक्रम बुढाथाकीले प्रदेश सरकारको आगलागीको घटनाले मुख्यमन्त्री निकै दुखी भएको बताए। ‘आगलागी घटनाप्रति मुख्यमन्त्रीले चिन्ता ब्यक्त गर्नुभएको छ। प्रदेश सरकारले तत्काल क्षतिग्रस्त भएको तथा ठूलोमात्रामा पशुचौपायालगायत नगद तथा जिन्सी सामानको समेत क्षति हुन गएकोप्रति माननीय मुख्यमन्त्रीज्यूले चिन्ता व्यक्त गर्नुभएको छ।’ उनले भने, ‘माननीय मुख्यमन्त्रीज्यूले आगलागीबाट घाईते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने सम्वन्धित निकायलाई आग्रह गर्नुभएको छ।’

मुख्यमनत्रीका प्रेस सल्लाहकार बुढाथोकी अनुसार मुख्यमन्त्रीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट तत्कालीन राहतस्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ।

गाउँ र नगरपालिकाले एक/एक लाख दिने

तिलागुफा, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाले पनि राहत दिने जिल्लाका तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाले आगलागीपीडितका लागि तत्काल १/१ लाख राहत दिने घोषणा गरेका छन्।

तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले निकै पीडादायी घटना भएकाले नगरपालिकाले १ लाख पीडित परिवारका लागि राहत उपलब्ध गराउने बताए।

विभिन्न संघसंस्था राहत खोजी गर्दै

खाडा न्यौपानेवाडाका आगलागीपीडितका लागि जिल्लाका बिभिन्न संघसंस्थाहरुले राहत संकलनको काम शुरु गरेका छन्। कालिकोट उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स कालिकोट लगायतका संघसंस्थाले पीडित परिवारका लागि राहत संकलन कार्य शुरु गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.