काभ्रेपलाञ्चोक : खानीखोला गाउँपालिका–७ ले स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गरी सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरेको छ।
मिल्चेस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराई त्यहीँ सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरिएको वडाअध्यक्ष क्षेत्रबहादुर घ्यावाले जानकारी दिए। उनले भने, ‘शुद्ध तोरीको तेल मालिसले शिशु स्वस्थ रहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको हौं।’
वडाअध्यक्ष घ्यावाले धाँमी झाक्रीको विश्वास गर्दा अकालमै ज्यान गुमाउनु परेको र चाँडै नै बाल मृत्युदर घटाउन ‘सुत्केरी उपहार’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनले भने, ‘स्वास्थ्य संस्थाप्रति महिलाको आकर्षण बढाउन कार्यक्रम ल्याएका हौं।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।