|

काठमाडौं :  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा राजधानीमा फोटो प्रर्दशनी गरेको छ। बुधबार राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको फोटो प्रदर्शनीमा पुनर्निर्माण तथा पुनस्थापनामा भएका कार्यसम्बन्धी फोटोहरू राखिएको छ। फोटो प्रदर्शनीको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका हुन्। प्रदर्शनीमा भूकम्पले पुर्‍याएको क्षति, राहत वितरण, उद्धारकार्य तथा पुनर्निनिर्माण भइरहेको दृश्य कैद गरिएका एक सय बढी फोटो राखिएको छ।
०७२ को महाभूकम्प गएको ३ वर्ष ८ महिना पुगेको छ भने प्राधिकरण स्थापना भएको ३ वर्ष पूरा भएको छ। प्राधिकरणले यस अवधिमा निजी आवासको पुनर्निर्माणको काम ४५ प्रतिशत सकिएको र ३२ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जनाएको छ। प्राधिकरणका अनुसार ५५ प्रतिशत विद्यालय पुनर्निर्माणको काम सम्पन्न भएको भने २५ प्रतिशतमा पुनर्निर्माणको काम भइरहेको र २० प्रतिशत विद्यालय पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गरी अघि बढाउने तयारी भइरहेको छ।

 प्रदर्शनी शुक्रबारसम्म चल्ने छ।

फोटो प्रदर्शनीमा देखिएका केही तस्बिर झलक :

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.