'म मन्त्रीको अफिसमा पनि गएको छैन, मन्त्री मेरो अफिसमा पनि आएको छैन'

|

काठमाडौं : महालेखा परीक्षक टंकमणि शर्मा (दंगाल)ले सार्वजनिक खरीद नियमवाली मिचेर ल्याइएको भनिएको वाइडबडी बिमानको किस्ता बुझाउने सवालमा आफूसँग कुनै परामर्श नभएको दाबी गरेका छन्। वाइबडीको विषयमा अनुसन्धान गरिरहेको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिमा उनले वाइडबडीको बेरूजु आफ्नो कार्यालयले देखाएको तर किस्ता बुझाउने सवालमा कुनै राय नदिएको बताएका हुन्।

मंगलबार र संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले महालेखा परीक्षकको राय लिने क्रममा पहिले विमान आओस भन्ने राय दिएको कारण किस्ता नरोकेको प्रतिक्रिया दिएको थिए। ' मैले पैसा पठाएको हैन, मन्त्रिपरिषद्बारा रोक्न सकिन्थ्यो तर महालेखाको सल्लाह लिँदा जहाज आओस् भन्ने आयो।’ अधिकारीले भने।

तर एकदिनपछि बुधबार महालेखा परीक्षकले पुष्टि गर्न नै चुनौती दिएका हुन्। 'म उहाँको अफिसमा गएको पनि हैन, मेरो अफिसमा उहाँ आउनु भएको पनि हैन, मैले राय दिएको छैन' शर्माले भने 'उहाँले मसँग राय माग्ने पनि हैन, मैले दिने पनि हैन।'

शर्माले आफूलाई सम्झना भएसम्म वाइबडी किन ग्राउण्डेड छ भनेर उपराष्ट्रपतिले आयोजना गरेको एक कार्मक्रममा भनेको बताए। उनले वाइडबडी विमान खरिदमा मुख्यत तीन विषया कमजोरी देखिएको पुन दोहोराएका छन्। 'विमान खरिदको प्रकिया पुगेको छैन, मूल्य यथार्थ छैन, अनि विजनेस योजना अनुसार काम भएको छैन' शर्माले भने।

वाइडबडीको विषयमा सार्वजनिक लेखा समितिको अन्तर्गतको उपसमितिले मंगलबार नै जानकारी तथा सोधपुछ गर्ने काम सकेको जनाएको थियो तर पर्यटनमन्त्री अधिकारीले महालेखापरीक्षकसँग परामर्श भएको भनेपछि पुन शर्मालालाई बोलाइएको हो।

राजेन्द्र केसी संयोजक रहेको उपमसितिले बुधबारसम्म नौ वटा बैठक राखेको छ। जसमा आठवटा बैठकमा सोधपुछ गरिएको छ। आजको बैठकमा संयोजक केसीले महालेखापरीक्षकलाई तपाईको इमानदारीतामा शंका देखाइयो भन्दै प्रश्न गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.