|

पहिलो हाफ समाप्त। नेपालले पहिलो हाफमा आक्रामक खेल्दै ५ पटक मकाओको पोस्टमा आक्रमण गर्‍यो। २९ मिनेटमा भरत खवासको पासमा सुजल श्रेष्ठले गोल गरेपछि नेपाल पहिलो हाफमा १-० ले अघि छ।

२९ मिनेट : नेपालले गोल गरेको छ। सुजल श्रेष्ठले हेडमार्फत गोल गर्दै खेलमा १-० को अग्रता लिएको छ। 

काठमाडौं : मलेसियामा जारी एएफसी सोलिडारिटि कप फुटबलको उपाधिका लागि नेपालले अहिले मकाउसँग प्रतिष्पर्धा गरिरहेको छ। 

नेपाल र मकाउबीचको फाइनल खेल मलेसियाको सारावाक रंगशालामा भइरहेको खेलमा नेपाली टोलीलाई मंगलबारको खेलमा इतिहास रच्ने मौका रहेछ। नेपालले अहिलेसम्म एसियाली फुटबल महासंघले आयोजना गरेको कुनै प्रतियोगितामा जित हासिल गरेको छैन। 

अहिले भइरहेको खेलमा जित हासिल गर्न सके नेपालका लागि यो पहिलो अवसर हुनेछ जहाँ नेपालले एएफसीको कुनै प्रतियोगितामा उपाधि हात पार्ने। यस्तै, नेपालले उपाधि जित्न सके उपाधिमा ह्याट्रिक पनि गर्नेछ।

गत माघमा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि हासिल गरेको नेपालले त्यसको एक महिना पनि नबित्दै भारतको गुवाहाटीमा भएको सागको फुटबलमा स्वर्ण पदक हासिल गर्न सफल भएको थियो। यसकारण पनि यो उपाधि नेपालका लागि ह्याट्रिक गर्ने अवसर हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.