|

काठमाडौं : जनसाँस्कृतिक महासंघ, नेपालसहित सात संगठनले नेपाल प्रज्ञा–प्रतिष्ठानको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन्। 

महासंघका अध्यक्ष सरल सहयात्रीसहित अखिल नेपाल लेखक संघ, अखिल नेपाल जनकलाकार संघ, अखिल नेपाल ललितकला संघ, अखिल नेपाल चलचित्रकर्मी संघ, अखिल नेपाल नाट्यकर्मी संघ, लोकवार्ता परिषद्, नेपाल र इतिहास तथा समाज अध्ययन परिषद्का पदाधिकारीले नियुक्तिप्रति असन्तुष्टि जनाएका हुन्।

उनीहरूले संयुक्त रूपमा विज्ञप्ति निकालेर प्रतिष्ठानमा गरिएको नियुक्ति सैद्धान्तिक आधारमा नभएको आरोप लगाएका छन्। सरकारले केही दिनअघि प्रतिष्ठानमा प्राज्ञ नियुक्त गरेको थियो । 

प्रष्तिठानमा संस्कृति नबुझेका व्यक्तिलाई नियुक्ति गरिएको भन्दै अध्यक्ष सहयात्रीले अब नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा नियुक्ति गर्दा वैचारिक र सांस्कृतिक मूल्य मान्यताका आधारमा गर्न माग गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.