|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै अब बन्ने धरहरामा जवान मात्र हैन वृद्ध-वृद्धा पनि चढ्न सक्ने बताएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको आधुनिक धरहरा पुनर्निर्माण कार्यको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्। ०७२ वैशाखमा भत्किएको धरहराको पुनर्निर्माणमा  'म बनाउँछु मेरो धरहरा' अभियानले मूर्त रूप लिन नसकेको प्रधानमन्त्रीको भनाइ थियो।

'यसपटक धरहराको टुप्पोमा जवानहरू मात्रै होइन बुढापाकाले पनि चढ्न सक्नेछन्।' पहिलाको धरहरामा म आफैँ चढ्न पनि समस्या परेको थियो।' प्रधानमन्त्री ओलीको भनाइ थियो। अब बन्ने धरहरामा कमजोर स्वास्थ भएका र ज्येष्ठ उमेर भएकाहरुले पनि चढ्न सक्ने उनको भनाइ छ। अब बन्न धरहरामा पार्किङको सुविधा, मनोरम बगैँचा भएको  र पोखरीसहितको हुने उनको भनाइ थियो।

आफूले सोचेको जस्तो धरहरा बनाउनमा ठूलै चुनौती रहेको र त्यसको समाधानका लागि सबैको सहयोग आवश्यक रहेको पनि प्रधानमन्त्री ओलीले सुनाए। धरहरा निर्माणका लागि धेरै विज्ञसँग पनि छलफल गरेर यस्तो निर्णय गरिएको उनले बताए।

कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका मुख्य कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुई वर्षमा धरहरा पुनर्निर्माण सम्पन्न गरिसक्ने बताए। देशैभर पुनर्निर्माण कार्य तीव्र रूपमा अगाडि बढ्ने बताउँदै उनले व्यक्तिको घर निर्माण कार्य यसवर्ष ७७% सम्पन्न हुने बताए।

यसैगरी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पर्वहरु, ऐतिहासिक बाटोहरु नमासिनेगरी धरहरा पुनर्निर्माण कार्य अगाडि बढेको भन्दै धरहरा निर्माणलाई अगाडि बढाउन संस्थागत तथा व्यक्तिगत रूपमा मुद्दा खेपेर भएपछि पुनर्निर्माण अगाडि बढाएको बताए।तर राम्रा कामका निम्ति काम अगाडि बढाएकोमा खुसी व्यक्त गरे। अब हरेकपटक धरहरा बनाउँदा भत्कने धरहरा नभएर बलियो धरहरा बनाउने बताए।आधुनिक प्रविधि सहित मौलिकता झल्काउने धरहरा बनाउने उनले बताए। काठमाडौं सुन्दर बनाउन सडक विभागसँग समन्वय गरेर काम गरिरहेको भन्दै उनले तर ठूला निर्माणाका कामबाट आउने धुलोका कारण समस्या भइरहेको बताए। जेड मेसिनबाट पखाल्ने, ब्रुमर लगाएर सफा गर्ने गरिएपनि समस्या भइरहेको बताए। उनले सडकमा आउने धुलो नियन्त्रण हुनेगरी काम गरिदिन आग्रह गरे

धरहरा निर्माण कम्पनी रमन कन्ट्रक्शनका रमन महतोले कार्यक्रममा धरहराको पुनर्निर्माण उत्कृष्ट इञ्जिनियरिङको नमुना हुने बताए। उनले नेपाली पनि इञ्जिनियरिङमा कम छैनौं भन्ने उदाहरण बनाएर देखााउने बताए। उनले धरहरा २२ तले हुने, ७५ मिटरको उचाइ हुने, वेश ४८ फिटको हुने जानकारी दिए। ४२ रोपनी क्षत्रफलमा फैलिएको धरहरा क्षेत्रमा बगैंचा, म्युजियम, पोखरी, पार्किङको सुविधा हुने उनले जानकारी दिए।

प्रधानमन्त्रीद्वारा धरहरा पुनर्निर्माणको शिलान्यास 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.