नौमध्ये पाँच उजुरी जग्गाका फैसलाबारे

|

काठमाडौं : प्रधानन्यायाधीशमा सिफारिस भएका चोलेन्द्र शमशेर जबराविरुद्ध परेका नौ वटै उजुरीहरू उनी र उनको इजलासले गरेका फैसलासँग सम्बन्धित रहेको संसदीय सुनुवाइ समिति सचिवालयले जनाएको छ। बिहीबार मात्र संसदीय समितिले राणाविरुद्ध परेका उजुरीबारे छलफल गरेर उजुरीकर्ताहरूलाई शुक्रबारका लागि बोलाएको छ। 

संसदीय सुनुवाइ समिति सचिवालयले दिएको जानकारीअनुसार राणाविरुद्ध सबैजसो उजुरीहरू उनको फैसलासँग जोडिएका विषय छन्। रोयल्टी नतिरी होटल मल्लमा सञ्चालित क्यासिनोलाई बन्द गर्न आदेश दिनुपर्नेमा राणाको इजलासले रोयल्टी नतिर्ने क्यासिनोलाई सञ्चालन गर्ने फैसला गरेको बारे उजुरी परेको छ।
त्यस्तै गुठीको जग्गा व्यक्तिको नाममा परेको र पुनरावेदर र जिल्लाबाट भएको फैसलालाई उल्ट्याएर वीरगञ्जमा छठ मनाउने ठाउँको जग्गा  राणाको इजलासले व्यक्तिको नाममा गरेको उनीविरुद्ध उजुरी परेको छ।
त्यस्तै मोहयानी हक नलाग्नेमा जग्गामा राणाकै फैसलाले हक लाग्ने बनाइदिएको र जग्गा व्यक्तिको नाममा पारिदिने गरी फैसला गरेको उनीमाथि अर्को उजुरी छ। सुनुवाइ समिति सचिवालयका अनुसार राणाविरुद्ध परेका ९ उजुरीमध्ये ५ उजुरीहरू राणाले गरेका जग्गाका फैसलाबारे नै रहेका छन्। राणाले गरेको प्रमाणपत्रबारेको फैसलालाई तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले उल्ट्याइदिएको पनि राणाविरुद्ध उजुरी परेको सचिवालय स्रोतले बताएको छ। 

यसअघिका गोपाल पराजुली दीपकराज जोशी  प्रधानन्यायाधीशहरू बारेमा चारित्रिक प्रमाणपत्रबारे पनि उजुरी पर्ने गरेको भए तापनि यसपटक चारित्रिक प्रमाणपत्रबारे भने कुनै उजुरी नपरेको पनि सचिवालय स्रोतले बताएको छ। प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध गएको पुस २ गतेदेखि सार्वजनिक उजुरीका लागि आह्वान गरिएको थियो। संवैधानिक परिषदको बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आउँदो पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.