|
तस्विर–अन्नपूर्ण पोस्ट

हेटौँडा : नगरपालिका १३ का सञ्चलाल वाइवा करिब तीन वर्षअघिसम्म तपस्वी रामबहादुर बम्जनका आश्रममा थिए। तर उनी एकाएक त्यहाँबाट बेपत्ता भए।

यस्तै बारा जिल्ला कलैयाका सुरेश आलेमगर पनि तीन वर्षअघिसम्म बम्जन आश्रममै थिए उनी पनि बेपत्ता छन्। लामो समयदेखि आफन्त बेपत्ता भएपछि उनिहरुका आफन्तहरूले विभिन्न ठाउँमा खोजी गरे। बम्जन आश्रममा सोधिखोजी गरे। आश्रमबाट हिँडेको भन्ने जानकारी पाए तर उनीहरूको पत्तो लागेन।

नागरिक दैनिकमा समाचार छ, सिन्धुलीको कमलामाई नगरपालिका ८ स्थित पहिरेमा तपस्वीका रूपमा बस्दै आएका रामबहादुर बम्जनलाई आश्रममा बस्दै आएका चारजनालाई बेपत्ता बनाएको आरोप लागेको छ। बम्जनका आश्रममा बस्दै आएका आनी तथा अन्य गरी चारजना परिवारको सम्पर्कमा नरहेकाले तपस्वी बम्जनको आश्रमबाटै बेपत्ता भएको परिवारजनले आरोप लगाएका छन्। 'लामो समयदेखि हराइरहेका छन्, आजसम्म छोरो फर्किएन', सुरेशका बाबु हस्तबहादुर आलेले भने, 'त्यसैले खोजी गरिदिन आग्रह गर्दै कलैया प्रहरीमा उजुरी गरेको छु।' उनले तीन बर्षदेखि छोरा धर्म गर्छु भनी आश्रमबाट बेपत्ता भएको जनाए।

लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट अन्य फूलमाया रुम्बा, कर्म वाइवा र लमिन माया वाइवा बेपत्ता भएको परिवारजनले जनाएका छन्। तर लमिनमायालाई भने बोधी श्रवण धर्म संघले परिवारको जिम्मा नै लगाएको बताएको छ। २०७१ सालसम्म तपस्वी बम्जनकै आश्रममा रहेको भनिएका फुलमाया वाइवा र कर्म वाइवा अझै बेपत्ता भएको परिवारजनले जनाएका हुन्। २०६८ साल असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक बनमा अस्थाई आश्रम बनाई बसेका बम्जन त्यहाँ तीन महिना बसेर सर्लाहीको पथरकोट गएका थिए।

पथरकोटबाट बम्जन पुनः २०७४ साल असोजबाट सिन्धुलीको कमलामाई नगरपालिका ८ पहिरेमा स्थाई रुपमै बस्दै आएका छन्। करिब चार महिना अगाडी रौतहटकी गंगामाया तामाङले आफू बम्जनबाट बलात्कृत भएको भन्दै पत्रकार सम्मेलन नै गरेकी थिइन्। तर उनको भनाइलाई उनकै बाबु रणे मोक्तानले छोरीलाई कसैले उचालेको र भ्रामक प्रचार गर्न लगाएको बताएका थिए। तर त्यसको केही  समयपछि नै बम्जन बसेका विभिन्न आश्रमबाट उनका अनुयायीहरू बेपत्ता भएको भन्दै उजुरी पर्न थालेको हो।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.