|

मनाङ : मनाङको उच्च हिमाली क्षेत्रमा पाइने सेतो गिद्धको संख्यामा वृद्धि भएको छ। पहिले कताकति देखिने गरेका गिद्धहरु अहिले जतासुकै देखिन थालेका छन्। मनाङमा रहेका जंगली जनावरहरु नाउर, घोरल, मृग जस्ता मरेका जनावरहरु प्रशस्त भेटिने हुँदा यिनीहरुको संख्यामा वृद्धि भएको हो। हिमपातमा मरेका जनावरहरु लामो समयसम्म नसड्ने हुँदा गिद्धको आहारामा कमी नहुने अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए। उनका अनुसार पहिलेको तुलनामा हाल यसको संख्यामा वृद्धि भएको हो।

लोपोन्मुख हिमाली सेता गिद्ध संरक्षणका लागि विभिन्न अभियनहरु चलाए पनि अझै संरक्षण हुन भने सकेका छैनन्। मरेका जनावर खाएर वातावरणलाई स्वच्छ तुल्याउने यी गिद्ध वातावरण संरक्षकका रुपमा पनि लिन सकिन्छ। हाल यिनीहरु मानिसहरुको गतिविधिका कारण लोप हुँदै गएका हुन्। विशेष गरी रोगी घरपालुवा जनावरहरुको डेथ बडी जथाभावी फाल्दा यिनै रोगी जनावरहरु खाँदा गिद्धहरु लोप हुँदै गएको प्रमुख तिरुवाको भनाइ छ। अन्नपूर्ण संरक्षण क्षेत्रको स्थापनासँगै गिद्ध संरक्षण सम्‍बन्धी चेतनामूलक कार्यक्रम सञ्‍चालन गरी हिमाली क्षेत्रमा पाइने चराचुरुङ्गी र जंगली जनावरको संरक्षण अभियन सन्चालन पछि यिनीहरु देखिन थालेका अन्नपूर्ण संरक्षण क्षेत्रका सुचना अधिकृत रिषी बरालले बताए।

उच्च हिमाली क्षेत्रमा पाइने यी धज  गिद्धहरु हिमपातमा मरेका नाउर, घोरल, चौँरी जस्ता जनावरहरु खायर बाच्ने गरेका छन्। विगत केही समयपहिले मानिसहरुले गाई बाख्रालाई जाइको फिजन नामक औषधि  खुवाउँदा मरेका सिनुहरु खाँदा गिद्धहरु मरेर लोप भएका थिए। मनाङमा पालिने घरपालुवा जनावरहरुमा  यस्ता रोगहरु नलागेको र कुनै पनि औषधि खुवाउन नपर्ने भएकोले पनि पछिल्ला समयमा यी गिद्धहरु देखीन थालेको स्थानीय बताउँछन्।

हाल त्यस्ता रोग लागेर मरेका जनावरलाइ जथाभावि फाल्न रोक लगाइएको छ। रोगी घरपालुवा जनावरलाई खाल्डो खनेर पुर्ने, वा जलाउने गर्दा गिद्धाको संख्या बढेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले बताएको छ। जव सन १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र लागू भयो र यसले वन्यजन्तु  संरक्षणको लागि काम गर्न थाल्यो।

लोपोन्मुख जनावर हिउँ चितुवा गिद्धको चोरी सिकारीमा रोक लगाएपछि मनाङमा अहिले करिब २०० को हाराहारीमा गिद्धहरु  र ५० वटा हिउँ चितुवा प्यालस क्याट, र नाउर  घोरल देखिन थालेका अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.