|

कालिकोट :  जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा ८ पुस राती भएको आगलागी पीडितहरुलाई नेपाल कम्युनिस्‍ट पार्टी (विप्लव) समूहले राहत वितरण गरेको छ। नेपाल कम्युनिस्‍ट पार्टी(विप्लव) समूहले अग्निपीडितहरूलाई ५० हजार नगद र ५० हजारको जिन्सी सामान राहत वितरण गरेको हो।

नेपाल कम्युनिस्‍ट पार्टी(विप्लव) समूहले केन्द्रको निर्देशनअनुसार राहत र पुर्निनिर्माणमा सघाउने जनाएको छ।

वास्तविक पीडितहरूको पहिचान गरी ‘क’ श्रेणी क्षति पुगेका परिवारलाई २ हजार रुपैयाँ नगद र ३ वटा थाली र ‘ख’ श्रेणीका पीडितहरुलाई १ हजार रुपैयाँ नगद र २ वटा थाली र ‘ग’ श्रेणीका पीडितहरुलाई ५ सय रुपैयाँ नगद र १ वटा थाली राहतस्वरूप प्रदान गरिएको नेपाल कम्युनिस्‍ट पार्टी(विप्लव)समूहले जिल्ला सेक्रेटरी मनीलाल ऐडी(रणदीप)ले बताए। ‘हामीले वास्तविक पीडितको नाम संकलन गरेर श्रेणी विभाजन गरेर राहत वितरण गरेका छौँ।’ उनले भने,‘अग्निपीडितका लागि थप राहतका लागि पहल थालेका छौँ।’

पुनर्निर्माण जिम्मा लिने

आगलागीबाट क्षति भएका घरहरुको पुनर्निर्माणको जिम्मा आफ्नो पार्टीले लिने र घरहरु पुनर्निर्माणमा सघाउने सेक्रेटरी ऐडीले बताए। ‘हामीले राहतसँगै पुनर्निर्माणको जिम्मा हामीले लिनेछौँ।’ उनले भने, ‘अबको केही दिनमा नै पुनर्निर्माणको काम थालनी हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.