|

कालिकोट : कालिकोट सरसफाइ अभियान संचालन गरिने भएको छ। कालिकोट सरसफाइ अभियानले पौष २१ गतेबाट जिल्ला सरमुकाम खाँडाचक्र नगरपालिकाबाट सरसफाइ अभियान संचालन गर्ने भएको हो। यसअघि रारा सरसफाइ अभियान संचालन गरेको कालिकोट सरसफाइ अभियानले पर्यटकको आगमनमा वृद्धि गर्नका लागि कालिकोट सरसफाइ अभियान संचालन गर्न लागेको हो।

पर्यटकहरूको पहिलो रोजाइ सफा, सुन्दर र रमणीय क्षेत्र हुने भएकाले सरसफाइ अभियानमा लागेको अभियन्ता धर्मराज शाहीले बताए। ‘पर्यटकहरूको पहिलो रोजाइ सफा, सुन्दर र रमणीय क्षेत्रहरू पर्दछन्,’ उनले भने, ‘त्यसका लागि हामीले पहिलो चरणमा राराको सरसफाइ गर्‍यौँ, दोश्रो चरणमा कालिकोटमा यो अभियान संचालन गर्दैछौँ।’

अभियानमा ३ लाख २७ हजार खर्च हुने

पहिलो चरणको कालिकोट सरसफाइमा ३ लाख २७ हजार ५५० रुपैयाँ खर्च लाग्ने अभियानका अभियन्ता शाहीले बताए। ‘डस्टबिन, पोष्टर, सम्पलेट, मिटिङ खाजा, प्लाष्टिक झोला, सुझाव कार्ड, सरसफाइ सामग्री खरिदमा ३ लाख २७ हजार ५५० खर्च लाग्ने देखिन्छ’ उनले भने, ‘त्यसका लागि दाता खोजी भइरहेको छ। केही रकम आफैँ जोहो गर्ने तयारी भएको छ ।’

फोटो प्रर्द्धशनी डकुमेन्टी देखाइने

कर्णालीमा पर्यटकलाई भित्र्याउनका लागि खाडी मुलकका मलेसिया, दुबई, कतारमा र इन्डोनोसियामा कर्णालीका पर्यटकीय स्थलहरूको जानकारी गराउने शाहीले बताए। ‘खाडी मुलकलगायतका देशबाट कर्णालीमा पर्यटक भित्र्याउनका लागि यहाँका पर्यटकीयस्थलको फोटो र भिडियो डकुमेन्ट्री देखाइने छ’, उनले भने, ‘त्यसका लागि आगामी अप्रिल महिनामा म त्यसतर्फ जान लागेको छु।’

कर्णालीमा जल, जडीबुटी र पर्यटनको राम्रो आधार रहेकोले तत्कालको फाइदा पर्यटनको क्षेत्रबाट लिन सकिने शाहीले बताए। ‘कर्णालीमा जल जडीबुटी र पर्यटन यहाँका आयस्रोत हुन्’ उनले भने, ‘हाइड्रो जडीबुटीमा ठूलो लगानी गर्नुपर्छ। तर, पर्यटनमा थोरै लगानीले पनि कर्णालीमो मुहार फेर्न सकिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.