|

काठमाडौं : अध्येता प्रतिभा पुन मगरद्वारा लिखित 'पुर्ख्यौली लोकनाच : एक चिनारी' नामक पुस्तकको लोकार्पण गरिएको छ। देवदह नगरपालिका-१० भलुहीस्थित करबाकेली थान रूपन्देहीमा उक्त पुस्तकको लोकार्पण गरिएको हो।

पुन समाज नेपालका संरक्षक उत्तम पुन, पुन समाज रुपन्देहीका अध्यक्ष जङ्गबहादुर पाइजा लगायतले उक्त पुस्तकको संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

सिनेकर्मी तथा अनुसन्धाता मेजन पुन तथा लेखक प्रतिभा पुनको संयोजकत्वमा भएको कार्यक्रममा बरिष्ठ चित्रकार सुनील रञ्जितले कोरेको 'पुर्ख्यौली लोकनाच' शीर्षकको चित्रकलाको प्रदर्शनीसमेत गरिएको थियो।

करबाकेलीलाई आफ्नो कुल सम्झेर पुज्ने पर्वका दिनको विशेष अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको लेखक प्रतिभा पुनले बताइन।

वाङ्मयका विविध विधाको खोज, अध्ययन, अनुसन्धान तथा प्रकाशनका लागि सुरु गरिएको यो अभियानलाई देशका विभिन्न जिल्लाहरुमा तथा विदेशका विभिन्न स्थानहरुमा समेत जाने कुरा कार्यक्रमका संयोजकद्वेय मेजन पुन र प्रतिभा पुनले जानकारी दिए।

आफ्नो मौलिक मूर्त तथा अमूर्त संस्कृतिको संरक्षण तथा सम्वद्र्धनका लागि गरिएको उक्त कार्य भिन्न भएकाले बुझाउन जटिल भएपनि एकदिन सफल हुने प्रतिभाको विश्वास छ। प्रतिभाले अध्ययन गरेको विषयमा अमूर्त संस्कृति संरक्षणमा योगदान दिने उद्देश्यले चित्र कोरिएको चित्रकार सुनील रञ्जीतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.