|

पोखरा : भूकम्पको केन्द्र विन्दू गोरखाको बारपाकमा प्रभु बैंकको शाखा सञ्चालनमा आएको छ। मुलुक संघीयतामा गएसँगै स्थानीय तहहरूमा बैंक जानैपर्ने भएपछि बारपाक सुलिकोट गाउँपालिकाको सहजीकरणमा बारकमा प्रभु बैंकले आफ्नो शाखा विस्तार गरेको हो। उक्त शाखाको नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले उद्घाटन गरेको उनका स्वकीय सचिव सुरजकाजी श्रेष्ठले जानकारी दिए। 

उद्घाटन कार्यक्रममा बोल्दै नेकपाका प्रवत्ता श्रेष्ठले भने,‘स्थानीय तहहरूमा विस्तारै आर्थिक गतिविधि बढिरहेको छ। पुँजी सुरक्षित र लगानी बढाउन पनि बैंकको आवश्यकता थियो। अब बैंक आएको छ। यसले बारपाकबासीले यस भेगका बासिन्दाको आर्थिक उन्नतिमा पक्कै सहयोग गर्नेछ।’

बारपाक शाखा विस्तारको उद्घाटन कार्यक्रममा राष्ट्रिय पुन: निर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञावली, प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन बारपाक पुगेको श्रेष्ठले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.