|

लमजुङ : जिल्लामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ। बेसीशहर नगपालिका ३ गाउँशहरबाट बेसीशहरमा शनिवार परीक्षण उडान गरिएको हो।
यशोब्रह्मा शाहको दरबार लमजुङ दरबारस्थित गाउँशहरको डाँडाबाट गरिएको प्याराग्लाइडिङ उडान बेसीशहरस्थित शेरा (दनाइफाँट) मा अवतरण गरिएको थियो।

स्काइ बर्ड प्याराग्लाइडिङ पोखराको नेतृत्वमा जिल्लामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको आयोजक अन्नपूर्ण ब्रदर्श ट्राभल एण्ड टुर लमजुङका सञ्चालक तथा पर्यटन व्यवसायी अमिर गुरुङले बताए, ‘प्याराग्लाइडिङको उडान सफल भएको छ।’ पर्यटन व्यवसायी गुरुङका अनुसार गाउँशहरको डाँडो पर्यटकीय दृष्टिकोणले प्याराग्लाडिङका लागि उपयुक्त छ।

उडान परीक्षणका लागि प्याराग्लाइडिङ स्लो पाइलटहरू सुनिल थापा, कुमार श्रेष्ठ, भुबन गाहा, राजेश गिरी र सुनिल रावलद्वारा उडान गरिएको थियो। अवतरणपछि प्याराग्लाइडिङ पाइलट सुनिल गिरीले भने, ‘सरकारले अनुमति दिएका यो स्थान प्याराग्लाइडिङका लागि उपयुक्त छ।’ ‘प्याराग्लाइडिङका लागि अवतरण गर्ने स्थानका अभाव भयो।’ बेसीशहर नगरपालिका प्रमुख गुमानसिङ अर्यालले बताए। उनले भने, ‘प्याराग्लाइडिङका लागि नगरपालिकाबाट पनि केही बजेट छुट्याएका छौं, हामी प्याराग्लाइडिङ बिज्ञहरूसँग बैठक बसी निचोड निकाल्छौं।’

प्याराग्लाइडिङका लागि गाउँशहर डाँडासहित जिल्लाको भाचोक डाँडा, पुमा डाँडा, राइनासकोट, तुर्लुङकोटलगायत स्थानहरूबाट सम्भव रहेको पर्यटन व्यवसायी सन्तोष थापाले बताए। जिल्लामा हुने विभिन्न महोत्सवका अवसर प्याराग्लाइडिङको उडान लमजुङमा हुँदै आएको छ। तर व्यवसायिक रुपबाट भने प्याराग्लाइडिङ सञ्चालन भएको छैन।

प्याराग्लाइडिङ उडानका लागि एकजना पाइलटले उडान गर्छ भने प्याराग्लाइडिङ स्लो पाइलट भनिन्छ भने एक जना थपेर (जम्मा २ जना) प्याराग्लाइडिङ गरिन्छ भने उक्त पाइलटलाइ प्याराग्लाइडिङ टेन्डम पाइलट भनिन्छ। प्याराग्लाइडिङ उडान परीक्षण प्याराग्लाइडिङ स्लो पाइलटद्वारा गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.