|

जनकपुरधाम : ६ पार्टी मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा आन्तरिक किचलो छताछुल्ल बाहिर आएको छ। गत मंसिर ४ गते अध्यक्षीय मण्डलको बहुमतबाट संयोजक पदबाट महन्थ ठाकुरलाई हटाइएपछि सुरु भएको विवादमा राजेन्द्र महतोको पुतला दहनदेखि प्रदेशको प्रमुख सचेतक तथा सांसद परमेश्वर साहसम्मलाई कारबाहीको सिफारिस भएबाट राजपामा हलचल उत्पन्न गरेको हो।

अध्यक्ष मण्डलका बहुमत सदस्यले महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाएपछि सुरु भएको विवाद एकताको निर्वाचन आयोगमा पठाइएको केन्द्रीय समितिको सूचीलाई आधिकारिक मान्दै त्यसयताका नियुक्ति र मनोनयन रद्द गर्ने निर्णय गरेपछि त्यसको विवाद अहिले जिल्ला तह सम्म देखिन थालेको छ। गत शुक्रवार संयोजक राजेन्द्र महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजपा धनुषाको अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये एक देवकृष्ण मण्डललाई हटाएर बिद्यार्थी नेता ज्ञानेन्द्र झा ‘ज्ञानु’लाई बनाएपछि राजेन्द्र महतोको पुतला दहनसम्म गरिएको छ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय महासचिवहरुको सचिवालय कमिटीको निर्णयले केही जिल्लामा अध्यक्ष मण्डललाई परिवर्तन गर्ने निर्णयअनुरुप निर्णय लिइएको केन्द्रीय महासचिव केशव झाले दाबी गरे। तर यता जिल्ला अध्यक्षीय मण्डलबाट हटाइएका देवकृष्ण मण्डलले आफूलाई राजेन्द्र महतोले पार्टी एकल वर्चश्व तथा हैकमबादी प्रवृति देखाउँदै आफूलाई हटाएको दाबी गरे। देवकृष्ण मण्डल तथा ज्ञानेन्द्र झा ‘ज्ञानु’ दुवै शरतसिंह भण्डारी पक्षधर नेता हुन्।

राजापाकै एक केन्द्रीय नेताले भने, 'महतोले हैकमवादी प्रवृति देखाएको  भए आफ्नै लविको मान्छे राख्थे, तर धनुषामा अध्यक्ष मण्डलबाट हटाईएका मण्डल र ज्ञानु दुवै शरतसिंह पक्षधर भएकाले हैकमवादी भन्न मिल्दैन।' उनले थपे, 'यो केही हैन, केन्द्रीय सचिवालयको निर्णयलाई संयोजक राजेन्द्र महतोले आधिकारिकता मात्र दिएका हुन्।’

प्रदेश सचेतक साहलाई कारबाहीको सिफारिस

शुक्रबार साँझ अध्यक्षीय मण्डलबाट आफूलाई हटाएको विरोधमा देवकृष्ण मण्डलसहित प्रदेश सचेतक तथा सांसद परमेश्वर साहको नेतृत्वमा संयोजक राजेन्द्र महतोको विरोध गर्दै पुतला दहन भएको थियो। शनिबार  राजपाकै केन्द्रीय पदाधिकारीहरुको जनकपुरधाममा बसेको बैठकबाट प्रदेश सचेतक परमेश्वर साहलाई कारबाहीको सिफारिस गरेको एक नेताले जनाएका छन्। कस्तो खालको कारबाही भन्नेबारे भने उनले केही खुलाएका छैनन्।  बैठकमा प्रदेश सांसदहरु, महासचिव, प्रवक्ता, केन्द्रीय सदस्य तथा राजपा भ्रातृ संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको स्रोतको भनाइ छ।

यता मुख्य विवाद देखिएको संयोजक राजेन्द्र महतो र प्रदेशका प्रमुख सचेतक परमेश्वर साह एकै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन्। तर दुवै फरक लविका नेता भएका कारण परमेश्वर साहले पटक–पटक कतिपय सार्वजनिक समारोहमै राजेन्द्र महतोलाई दुर्व्यवहार गर्दै आएको महतो पक्षधर नेताको आरोप छ। केही महिनाअघि धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा अयोजित क्षेत्रीय भेलामा राजेन्द्र महतोले अध्यक्षता ग्रहण गरेपछि विवादले तनावको अवस्था नै सिर्जना गरेको थियो। सोही क्रममा परमेश्वर साहकै नेतृत्वमा महतोविरुद्ध नाराबाजीसहित गाली गलौजसम्म गरेका थिए।

राजपाकै कार्यकताले जलाए राजेन्द्र महतोको पुत्ला 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.