|

धनकुटा : धनकुटा नगरपालिका – ६ पात्लेमा शनिबार बेलुका भएको ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा धनकुटा नगरपालिका ६ पात्लेका ६२ वर्षीय गुरुप्रसाद दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

धनकुटाबाट सुनसरीको धरानतर्फ बाँस लिएर जाँदै गरेको बा ३ ख ६१५१ नम्बरको ट्रक अचानक पल्टदा ट्रकले किचेर घाइते भएका दाहालको जिल्ला अस्पताल धनकुटामा उपचारको लागि ल्याइसकेपछि मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए। ट्रक पल्टिएको अवस्थामा नै छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.