|

कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको सदरमुकाम मान्ममा पुगेर झाडु लगाएका छन्। खाँडाचक्र नगरपालिकाले आयोजना गरेको विषेश सरसफाई कार्यत्रममा मुख्यमन्त्री शाहीले झाडु लगाएका हुन्।

सरसफाई कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले श्रम गर्न कुनै लाज नहुने, फोहोर पन्छाएर मान्मलाई सफा र सुन्दर बनाउने सन्देश दिने उद्देश्यले अभियानमा सहभागी भएको बताए। ‘प्रदेश सरकारले महिनाको १ गते र १५ गते श्रम दिवस मनाउने निर्णय गरेकाले छ’ उनले भने,‘यस पटक मान्म बजारमा आफूले कुचो समाएर श्रम गरेको छुँ।’

वर्ष कर्णाली पर्यटन बर्ष भएकाले कर्णालीका प्रत्येक बजार सफा हुनुपर्ने भएकाले आफू सरसफाइमा जुटेको मुख्यमन्त्री शाहीले बताए। ‘कर्णालीकै पर्यटकीय क्षेत्र राराको भ्रमण आउने अधिकांश पर्यटकको पहिलो बसोबासको स्थान कालिकोट हो’ उनले भने, ‘कालिकोटको मान्मलाई सफा बनाउन सबैलाई आग्रह गर्दछु।’ सफा र सुन्दर भएमा बढी भन्दा बढी पर्यटक आउने भएकाले मान्मबजारका प्रत्येक घरमा गमलामा फुल रोप्नुपर्ने मुख्यमन्त्री शाहीले बताए ।

सरसफाई कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई देशकै नमुना प्रदेश बनाउने भएकाले आफुहरू अहिले कालिकोट सरसफाई अभियानमा लागेको बताए। ‘बजारलाई सफा बजार बनाएर कर्णालीकै नमुना बजार बनाउने प्रदेश सरकारको योजना रहेको छ’ उनले भने, ‘हामी विभिन्न क्षेत्रमा नमुना प्रदेशका चिनाउनु आवश्यक रहेको छ।’

सरसफाइ कार्यक्रममा मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, राष्ट्रियसभा सदस्य जीवन बुढा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, युवा तथा व्यापारी सरसफाइ गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.