|

धनकुटा : भारतमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालको प्रनिधित्व गरेका धनकुटाका लोकेन्द्र राईले स्वर्ण पदक जितेका छन्। भारतको लखनउमा गत शुक्रबार सम्पन्न नवौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता २०१८ मा नेपालका तर्फबाट लोकेन्द्र राईले स्वर्ण पदक हात पारेका हुन्।

दुई दिनसम्म चलेको प्रतियोगिताको फाइनल चरणमा ६७ केजी तौल समूहको फाइनल खेलमा बंगलादेशका खेडालीलाई पछि पार्दै धनकुटा नगरपालिका ६ जिरो प्वाइन्टका खेलाडी लोकेन्द्रले स्वर्ण पदक विजेता बन्न सफल भएको धनकुटा कराँते संघका अध्यक्ष तथा कराँते प्रशिक्षक डिप्लव राईले जानकारी दिए। यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै धनकुटा जिल्लाका खेलाडी डिप्लव राई,कुशल श्रेष्ठले स्वर्ण पदक र शत्ति राईले काश्य पदक जितेका थिए।

प्रतियोगितामा नेपाल, जापान, उज्वेकिस्तान, स्विडेन लगायत सार्क राष्ट्रका खेलाडीहरू सहभागी थिए। नेपालले १० स्वर्ण, ४ काश्य पदकसहित दोस्रो स्थान हात पारेको जानकारी गराइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.