|

लहान : सप्तरीको दक्षिणवर्ती बोदेबर्साइन नगरपालिका ९ बाट प्रहरीले भारतबाट भन्सार छलेर भित्र्याएको फलामका सामानसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको  छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आइतबार दिउँसो बोदेबर्साइन ९ स्वर्णपट्टीबाट भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको तीन सय ४८ थान फलामको बञ्चरोसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा सीमावर्ती भारतीय गाउँका ३५ वर्षीय लाल भम्कड, ४० वर्षीय धिरेन र ३५ वर्षीय लखन रहेका छन्। 

पक्राउ गरिएको सामानको बजार मूल्य करिब एक लाख ३९ हजार मूल्य रहेको र उक्त सामानसहित पक्राउ परेका भारतीय नागरिकहरूलाई भन्सार कार्यालय कुनौलीमा बुझाइएको प्रहीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.