|

गुल्मी : प्रदेश ५ सरकारले गुल्मीमा रहेका सामुदायिक क्याम्पसहरुलाई करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ। जिल्लामा रहेका नौ वटा क्याम्पसलाई उक्त रकम विनियोजन गरिएको हो।

शान्तिपुरस्थित चन्द्रकोट बहुमुखी क्याम्पसलाई ३५ लाख, रुद्रावती बहुमुखी क्याम्पस वामिटक्सार र श्रृङ्गेश्वर बहुमुखी क्याम्पस रानीवासलाई २०/२० लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, टीकाराम बहुमुखी क्याम्पस मजुवालाई १५ लाख, जनज्योति क्याम्पस पुर्कोट दह, सत्यवती बहुमुखी क्याम्पस खैरेनी र धुर्कोट परमानन्द बहुमुखी क्याम्पस धुर्कोटलाई १०/१० लाख रुपैयाँ विनियोजन गरिएको जनाइएको छ।

यस्तै, रिडी बहुमुखी क्याम्पस, रिडी र दिगाम आदर्श बहुमुखी क्याम्पस छत्रकोटलाई पाँच/पाच लाखका दरले बजेट विनियोज गरिएको प्रदेश ५ का सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.